
- मनोज ज्ञवाली
बैंक तथा वित्तीय संस्थाहरुले हप्ता दिनभित्र प्रकाशित गरिरहेको निक्षेपको ब्याज दर, अनि ‘कल-निक्षेप’ तानातानले गर्दा पोहोर साल पूँजी बृद्दिसँगै पूँजीलाई सोहि अनुसारको नाफा दिनका लागि कर्जा बृद्दिको कारण माघपछि आएको समस्या अहिले झन बल्झिएर जाने कुरातर्फ ईगींत गर्दछ । समयमै संयमित हुनुपर्ने महसुस हुदै गर्दा एका बिहानै धेरै प्रश्नहरु दिमागमा घुमिरहे :
१.पूँजी वृद्धि सबै संस्थाहरुलाई चार गुणा थियो । अनि सबैलाई व्यवसाय बृद्दिको चाप छ । यसैले पचास प्रतिशत, सत प्रतिशत वा सो भन्दा बढि कर्जा बृद्दिको प्रक्षपेण गर्दै दौडिदा निक्षेप वृद्दि २०% को हाराहारी हुदैन भन्ने हेक्का पक्कै थियो होला । सोही समस्या वितेको एक बर्ष नहुँदै पुनः त्यहि गल्ती दोहोर्याउदै अघि बढ्ने हो भने हामी बैंकहरुलाई सेतो हात्तीझै पाल्नु किन पर्यो ? अब के फेरी राष्ट्र बैकलाई CCD को फर्मुला परिवर्तन गरिदिनुस् भन्ने?
२. एक महिना पहिलासम्म सहकारी ‘लोन’ समेत ऋणीको व्यापारिक जरुरत भन्दा बढि रकम दिएर स्वाप गरेका बैकहरु एक महिना पछि स्वीकृत ‘लिमिट’को disbursement सम्म गर्न नसक्ने अवस्था हुनेगरी कस्तो योजना बनाएको ? प्रथम त्रयमासमै कर्जाको बृद्दि निक्षेपकोभन्दा २०% बढि रह्यो, जुन मङ्सिर मसान्त पछि झन् बढ्यो।
३. सबैलाई थाहा छ कि, सरकार गठनमा समय लाग्छ । अनि बजेट खर्च त्यती छिटो हुँदैन, रेमिट्यान्सको बृद्दि दर घट्दो छ, असोजपछि CCD को फर्मुला पहिलेजस्तै हुन्छ, निक्षेप बृद्दिदर अचानक बढ्ने वाला छैन । अनि स्थानीय निकाय चुनाव पछिको अलि सहज तरलतालाई ‘बेस’ बनाएर अनाप सनाप कर्जाबृद्दि गर्दा बैंकिङ क्षेत्रको विकास र ‘फन्ड मिस्म्याच’लाई हेर्नु पर्दैन ?

४. अब आफैले निम्त्याएको समस्यालाई हल गर्न भटाभट निक्षेपमा हप्ता-हप्तामा ब्याजदर बढाउंदै निक्षेप तानातान प्रकिया फेरि सुरु गर्नुपूर्व, यो ब्याजदर बृद्दिले समस्या समाधान गर्देन भन्ने सम्म हेक्का छैन साहेव ? एउटाले FD 10% मा तान्छ, अर्कोले फेरि 11% त फेरी 12% मा गर्दे जाने अनी कर्जा लिएका ग्राहकलाई एसएमएस पठाउदै आतंक सिर्जना गर्ने हो ? बैकर र बैकिड़को विश्वसनीयता कायम कस्ले राख्ने ? कि सधै फोहोर हामी गर्ने उठाईदिने जिम्मा राष्ट्र बैकलाई छोडिदिने ?
५. जसरी अनापसनाप फेरी ब्याजदर बृद्दि गर्दे निक्षेप व्यवस्थापनमा होडबाजी सुरु गर्दैछौ, के सोच्छौ हामी की ब्याज बढायो भने युरोप, अमेरिकाबाट निक्षेप आंउछ ? यहि ‘सिष्टम’ अनि अर्को अर्को बैंक तथा वित्तीय संस्थाबाट तान्ने होईन ? अर्को बैंक तथा वित्तीय संस्थाले फेरी ब्याज बढाएर साहबको ‘कल डिपोजिट’ तानीदियो भने के गरिसिन्छ महोदय ?
५ .शाखा बढाउने, व्यवसाय बढाउने भनेको छ, अर्को संस्थामा प्रोमोसन भएको ३ महिना पुगेको छैन, एक दुई पोजिसन थपेर कर्मचारी लिएको छ । संस्थामा भएका कर्मचारी एकातिर demotivated त अर्को तिर experience अनि exposure नपुगेको कर्मचारीलाई माथील्लो जिम्मेवारी दिदै गर्दे गर्दा operation risk को आंकलन कति गर्छौ हामी ? कस्तो ‘प्रोफेसन’ बिकास गर्दैछौ हामी ?
७. एक महिना पहिलासम्म कर्जा बढाउने ‘टार्गेट’ दिएर कर्मचारीलाई रात दिन दौडाउने, अब एक महिना पुगेको छैन, ल्याएको ग्राहकलाई समेत सेवा दिन नसकी कर्जा रोकौ रोकौ, अब निक्षेपमात्र खोज भन्दै गर्दा भर्खरै बैकिड़ सुरु गरेका भाईबहिनीले यसलाई रणनिति बुझ्ने की? Stress testing बुझ्ने कि? बैकरहरुको योजना क्षमता को तारिफ गर्ने ?
के गर्नु पर्छ ?
१. निक्षेप ब्याजदर बृद्दिमा संयमित हुनुपर्यो । ब्याजदर बढाएर होईन की ग्राहक सम्बन्ध र कर्मचारी परिचालनले निक्षेपलाई चाहिएको ‘भोलुम’मा मा राखेर बस्नु पर्यो।
२. पौष मसान्तमा आय करको पहिलो किस्तामा लगभग रु. ८० अरब सरकारी खातामा जान्छ र तत्कालै निस्किदैन । त्यसको समेत हेक्का अहिलेदेखि राख्दै आफ्नो बैकको मात्र होईन समग्र बैंकिङ क्षेत्रको समेत अवस्था हेरी हेरी ‘डिपोजिट प्लान’ बनाउनु पर्यो ।
३. CCD षौष मसान्तमा मात्रै कायम राख्नुपर्ने होईन । दैनीक रुपमा monitor गर्दै, अलि cushion मा राख्नु पर्यो । कर्जाबृद्दिको चाप केहि समय रोकेर संयमित हुनु पर्यो ।
४. अर्को बैंक तथा वित्तीय संस्थाको निक्षेपलाई बयाजदर बढि दिदै तान्नुको साटो आफ्नो निकट भबिष्यमा ‘म्याच्योर’ हुन लागेको निक्षेपको सुची बनाई ‘नवीकरण’लाई ढुक्क हुनु पर्यो ।
६. विस्तारित शाखाहरु मार्फत खुद्रा निक्षेप बढाउने तर्फ लाग्नुपर्यो ।
६. अनाप-सनाप व्यवसाय बृद्दिको कारण कर्जाको गुणस्तर घटेको छ । अनि जसको कारण प्रथम त्रयमासमा धैरै बैंक तथा वित्तीय संस्थाको पहिलो पटक नाफामा ऋणात्मक बृद्दि भएको छ । interest suspense बढेको छ । उक्त सबै कर्जाहरुलाई नियमित गर्न लाग्नु पर्यो ।
८. सरकार छिटो गठन होला, आर्थिक समृद्दिका एजेण्डाहरुले प्राथमिकता पाउलान, सरकारले विकास खर्च बढाउला अनि हामी आर्थिक बृद्दिसंगै व्यवसाय बृद्दि गरौला भन्ने सकारात्मक सोच सहित Prudent banking गरेर बस्नुपर्यो । तर छिटै जादु नै होला भन्ने सोचेर tight situation मा बस्नु भएन । सुरुवाती लक्षणहरु राम्रो देखिएका छैनन् ।
अनिकालको बेला पेटभरी चौरासी व्यंजनको लक्ष्य लिएर जाने होईन । मिलीजुली सबैको भोक मात्र मर्ने व्यवस्थापनको सोच राख्नु पर्यो । Treasury Bill को दर नै ५%, ६ % भन्दा बढि रहेको छ । हेक्का रहोस् ,यहाँहरुले निक्षेपको ब्याजदर बढाउदा बैकिड़ क्षेत्रको कूल निक्षेप रु २२०० अरब बट बढेर रु. ३००० अरब हुनेवाला छैन । यसर्थ यो निक्षेप तानातान प्रतियोगिता सुरु गरेर बैकिड़ क्षेत्र अनि कर्जाका ग्राहकहरुलाई आतंक सृजना गर्दै राष्ट्र बैकको समेत टाउको दुखाई बनाउनुपूर्व बैकिड़ पेशाको मर्यादा कायम राख्न भएपनि जिम्मेवार हुनुहोस्। जय होस्, शुभ होस् !
(लेखक ज्योति बिकास बैंकका डेपुटी सीइओ हुन् ।)
मनोज ज्ञवालीका यी लेखहरु छुटाउनुभयो कि ?
- सन्दर्भ तरलता अभाव : बैंकर मनोज ज्ञवाली भन्छन्, ‘पेट दुखेको मान्छेलाई ज्वरोको औषधि दिएर हुँदैन नि !‘
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्