×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतलाईसमेत अचम्मित बनाएको नेपालको कोचिङ सेन्टरको ‘सक्सेस स्टोरी’ : सिएको नतिजामा निरन्तर ‘ब्रेक-थ्रु’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

भारतलाईसमेत अचम्मित बनाएको नेपालको कोचिङ सेन्टरको ‘सक्सेस स्टोरी’ : सिएको नतिजामा निरन्तर ‘ब्रेक-थ्रु’

१२ फाल्गुन २०७४, शनिबार

पढ्न लाग्ने समय: ४ मिनेटभन्दा कम

  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम 
काठमाडौँ- कुनै पनि परिक्षामा कुनै एक संस्थाबाट एकाध विद्यार्थी टपरको सूचीमा पर्छन् भने त्यो विद्यार्थीको मेहेनत, संस्थाले गरेको मेहेनत वा भाग्य जे पनि वा सबैको समिश्रण हुन सक्छ । तर कुनै संस्थामा पढेका विद्यार्थी निरन्तर उत्कृष्ट सुचीमा पर्छन् भने बुझ्न गाह्रो छैन, त्यो संस्थाले निरन्तर मेहेनत गरिरहेको छ । काठमाडौँमा पछिल्लो समय यस्तै मेहेनत गरेर विद्यार्थीलाई ‘न्याय’ गर्ने सिए अध्ययापन गराउने संस्था बनेको छ काठमाडौँको रामशाहपथ, पुतलीसडकमा रहेको सिए इन्स्टिच्युट ‘एकेडेमी अफ कमर्श’ अर्थात ‘एओसी’ । एओसीले नतिजा यतिसम्म उत्कृष्ट ल्याएको छ कि स्थापनाकाल देखि हालसम्म उसले सञ्चालन गर्ने हरेक परिक्षामा टपरको लिष्ट उही संस्थाबाट छ । २०१३ देखि निरन्तर उत्कृष्ट नतिजा ल्याईरहेको एओसीले अन्तत २०१७ सालमा पनि टपरको सुची आफ्नै नाममा ‘दर्ज’ गराउन सफल भएको छ ।
पछिल्लो नतिजामा एओसीकै सुजन तिमिल्सिना उत्कृष्ट 
नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले गत डिसेम्बरमा लिएको परिक्षामा एओसीका सुजन तिमिल्सिना ‘टपर’ बनेका छन् । सिएको पढाइमा सबैभन्दा गाह्रो मानिने तह, दोश्रो तह अर्थात क्याप टुमा उनी टपर बनेका हुन् । यसो त क्याप वानमा पनि एओसीमै पढेर आठौँ र्यांक ल्याएका उनले क्याप टुमा पहिलो नम्बरमा एओसीसंगै आफ्नो नाम इतिहासमा लेखाउन सफल भएका छन् । उनले कुल ४७७ अंक ल्याएर आफ्नो नाम टपरको लिस्टमा राख्न सफल भएका हुन् । उनले एकाउन्ट विषयमा ८३ र कष्ट विषयमा ७७ अंक ल्याएका छन् । एओसीका निकै नै मेहेनती विद्यार्थी सुजनमात्र होइन, एओसीकै विद्यार्थी जयन्ती भण्डारीले पनि महिलातर्फ टपर बन्न सफल भएकी छिन् । उनले कुल ४७४ अंक ल्याएकी छिन् । गत डिसेम्बरमा लिइएको परिक्षाको समग्र नतिजा पनि एओसीको उत्कृष्ट छ । डेढ दर्जन बढी विद्यार्थी दुवै समूह पास गरेर सिएको तेश्रो तह (क्याप थ्री)मा रेगुलर परिक्षामार्फत पुगेका छन् भने एक समूह पास गर्नेको संख्यापनि राम्रै छ । यसरी नेपाल बोर्डको नतिजामा एओसीले आफुलाई उत्कृष्ट अध्ययापन संस्थाको रुपमा उभ्याउन सफल भएको छ ।
भारतमा समेत नेपाल चिनाएको एओसी र यस्तो छ गर्विलो इतिहास !
यसो त एओसीले आफ्नो पहिलो ब्याजमै भारतीय बोर्ड अर्थात आइसीएआइबाट र्यांक ल्याउन सफल भएको थियो । त्यतिबेलासम्म एओसी ‘गोइंग गुड’को रुपमा बजारमा चिनिंदै थियो । तर जव सन् २०१४ को डिसेम्बरको परिक्षामा एओसीका विद्यार्थी प्रणव प्रतिक तुल्स्यानले भारतभरका विद्यार्थीहरुलाई उछिनेर सीपीटी टप गरे, त्यसपछि एओसीले आजसम्म निरन्तर टपर उत्पादन गरिरहेको छ । प्रणवको नतिजासंगै एओसीमाथि विद्यार्थी र अभिभावकको विश्वास पनि बढ्यो । भारतभरका लाखौँ विद्यार्थीलाई जितेर पहिलो र्यांक ल्याउने एओसी नेपालको मात्र होइन आइसीएआइको परिक्षा सञ्चालन हुने ‘ओभरसिज’ सेन्टरमा परिक्षा दिने देशहरुमै पहिलो बन्यो । जताततै एओसीको प्रशंसा भइरहेको थियो । कतिले यसलाई ‘भाग्य’को उपनाम पनि दिए । तर जव सन् २०१५ मा एओसीमै पढ्ने विद्यार्थी उनै प्रणवले भारतीय बोर्ड अन्तर्गत सिएको दोश्रो तह आइपीसीसीमा समेत भारतभरका टपर बने तव मेहेनतको अर्थ नबुझ्ने र भाग्यको पूजारी बन्ने सबैको मुखमा बुझो मात्र लागेन, नेपाललाई समग्र आइसीएआइमा चिनाउने कामसमेत गर्न सक्यो एओसीले । त्यसपछिको सफलताको इतिहास सायदै अव तोडिन सक्ला । यो बीचमा एओसीले थुप्रै अन्य टपरहरुपनि उत्पादन गर्न सफल भयो । 
आइक्यानमा निरन्तरको उत्कृष्ट नतिजासँगै हट्यो ‘आइसीएआइ-ओरिएन्टेड’को बिल्ला 
अरुको कुरा काट्नमात्र जानेका सिए क्षेत्रका केहिले अव भन्न केहि नपाएपछी एओसीलाई ‘आइसीएआइ-ओरिएन्टेड इन्स्टिच्युट’को बिल्ला भिराए । भारतभरका विद्यार्थीलाई जितेर आफ्नो देशको सिए इन्स्टिच्युटले इतिहास रच्यो भन्दापनि एओसी भारतीय बोर्डका लागि सार्है राम्रो हो, नेपाल बोर्डका लागि खास राम्रो छैन भन्ने सुनियोजित हल्ला कथित प्रतिष्पर्धीले चलाए । तर त्यस्तो कुरा गर्नेको बोल्ती त्यो बेला बन्द भयो जुन बेला सन् २०१६ मा हाल सम्मकै सर्वोत्कृष्ट नतिजासहित उज्ज्वल नरेन्द्र बास्तोलाले नेपाल बोर्ड अन्तर्गत क्याप वानमा ८९.३३ प्रतिशत अंक ल्याए । त्यतिमात्र होइन, त्यो नतिजासंगै नेपाल बोर्डमा अन्य उत्कृष्ट नतिजा पनि आयो । एओसीले सुरु गरेको नेपाल बोर्डमा उत्कृष्ट हुने यात्रा अझै रोकिएन । सन् २०१७ मा पनि एओसीकै सबु नेपालले क्याप वान टप गरिन् । र यो बिजयी यात्रा सन् २०१७ सम्म आइपुग्दा सुजन तिमिल्सिनाको सर्वोत्कृष्ट नतिजासंगै अघि बढेको छ । नेपाल बोर्डमा आएको यस्तो निरन्तरको ‘टपर उत्पादन’ गर्ने यात्रसंगै एओसी आइसीएआइ- ओरीएन्टेड होइन, आइक्यान ओरिएन्टेड छ भन्ने प्रमाणित भएको छ भने ‘आइसीएआइ-ओरिएन्टेड’ को बिल्ला पनि हटेको छ । यो कुरामा गलत खालको प्रतिष्पर्धा गर्न रुचाउने केहि कथित प्रतिष्पर्धीहरुको मुखमा मात्र बुझो लागेको छैन कुरामात्र गर्नेहरुको कोचिङसंस्था चलाउने यात्रामा नै विश्राम लागेको छ ।
‘हाम्रो ध्यान आइक्यानकै विद्यार्थीलाई बढी छ : दीपक पाण्डे, प्रबन्ध निर्देशक 
यसो त आफुले गरेको मेहेनतको प्रतिफल आउँदा खुसी नहुने को होला र ? त्यसमाथि पनि निरन्तरको मेहेनतपछी आएको नतिजामा खुसी नहुने कुरै भएन । ‘एक दुइ चोटी होइन, हामी निरन्तर टपर उत्पादन गरिरहेका छौं ।’ एओसीका प्रबन्ध निर्देशक समेत रहेका सिए दीपक पाण्डे भन्छन्, ‘भारतीय बोर्डका दुवै तहमा हामीले टप गर्यौं । नेपाल बोर्डका दुवै तहमा हामीले टप गर्यौं । दुवै बोर्डमा दुवै तहमा टप गर्ने हामी एक मात्र सिए इन्स्टिच्युट हौँ । यसरी निरन्तर दुवै बोर्डमा उत्कृष्ट नतिजा ल्याउने पनि हामी एकमात्र सिए इन्स्टिच्युट हौँ ।’ उनका अनुसार अव भारतीय बोर्डभन्दा नेपाल बोर्डमा विद्यार्थीको क्रेज बढेकाले नेपाल बोर्डका विद्यार्थीहरुलाई झन् निखार्ने कामलाई अग्रसरता दिंदै इन्स्टिच्युट अगाडी बढेको छ । ‘हुन त हामी पहिलादेखि नै आइक्यान राम्रो हुनुपर्छ, आइक्यानका विद्यार्थी राम्रो हुनुपर्छ । र हाम्रा विद्यार्थीले आइक्यानमा राम्रो नतिजा ल्याउनुपर्छ भनेर नै मेहेनत गरिरहेका थियौं । सुरु सुरुमा हामीसंग आइक्यानका त्यति विद्यार्थी थिएनन् । आइक्यानमा हाम्रो उत्कृष्ट नतिजा आएपछि र अहिलेसम्म त्यो उत्कृष्टतालाई निरन्तरता दिएपछी अहिले हामी नेपाल बोर्डकै सबैभन्दा राम्रो नतिजा ल्याउने र संभवत सबैभन्दा बढी विद्यार्थीको साथ पाएको सिए इन्स्टिच्युट हौँ ।’ संस्थाका प्रबन्ध निर्देशक दीपक पाण्डेले भने ।
सलाताको श्रेय एओसीलाई : सुजन तिमिल्सीना 
यता क्याप टुमा टपर बनेका एओसीका विद्यार्थी सुजन तिमिल्सीनाले आफ्नो सफलताको श्रेय एओसीनै भएको बताएका छन् । ‘मेरो मेहेनतलाई खार्ने काम एओसीले गरेको हो । एओसीमा रहनुभएका उत्कृष्ट शिक्षकहरुले मेरो पढाइलाई झन् राम्रो बनाउन साथ दिनुभयो । दीपक सरको ‘मोटीभेसन’ झन् मेहेनतमा जोश थप्यो । आज मैले जस्तो नतिजा ल्याउन सफल बह्येको छु, यसको श्रेय एओसीलाई नै जान्छ ।’ क्याप टुको पछिल्लो नतिजामा उत्कृष्ट भएका विद्यार्थी सुजन तिमिल्सीनाले भने । उनका अनुसार क्याप वानमा पनि एओसीकै साथका कारण उनी टपर बन्न सफल भएका थिए । ‘क्याप टुमा जस्तो नतिजा आएको छ, त्यो एओसीबाहेक अन्य ठाउँमा सम्भव थिएन जस्तो लाग्छ ।’        
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी