Skip to content
LAXMI SUNRISE BANK

एलडीओलाई ट्वाइलेटमा थुन्ने मात्रिका बने आपूर्तिमन्त्री ! ठग गाडी व्यापारीलाई होला त कार्वाही ?

अर्थ सरोकार

काठमाडौँ- कुनैबेला एलडीओलाई ट्वाइलेटमा थुनेर चर्चामा आएका मात्रिका यादव मन्त्री बनेका छन् । उनलाई केपी ओलीले आपूर्तिमन्त्री बनाएका छन् ।  वन मन्त्री बन्दा ललितपृुरका एलडीओ डन्डुराज घिमिरेलाई उनकै कार्यालयको ट्वाइलेटमा थुनेका यादव आपूर्ति मन्त्री बनेसँगै अव ठग गाडी व्यापारीलाई कारवाही हुन्छ वा हुँदैन भन्ने चर्चा पनि बढेको छ । 
यसैबीच गाडी व्यापारमा चरम ठगी र कालोबजारी गरिरहेका कम्पनीलाई उनले कारवाही गर्न सक्लान् वा नसक्लान भन्ने चर्चा बढेको छ ।  एस ए डब्लू अर्थ मुभर्स प्रालि, ईस्टर्न एजेन्सी प्रालि, जिओ अटोमोबाइल्स प्रालि, पायोनियर मोटो कर्प प्रालि, कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज, स्याकर ट्रेडिङ कम्पनी प्रालि, सिप्रदी ट्रेडिङ प्रालि, युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालि, एम ए डब्लु इन्टरप्राइजेस, अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्स, अग्नी ईनकरपोरेटेड प्रालि, एडभान्स अटो मोबाइल्स प्रालि, आइएसई मोटर्स प्रालि लगायत कालोबजारी गरिरहेका कम्पनीलाई यादवले कारवाही गर्लान् वा उनीपनि यिनीहरुको ‘दानापानी’मै रमाउँलान्, त्यो भने हेर्न बाँकी नै छ । 
प्रचलित कानुन अनुसार २० प्रतिशतभन्दा बढी नाफा खान नपाइने भएपनि माथि उल्लेखित कम्पनीहरुले गाडी व्यापारमा चरम ठगी गरिरहेका छन् । यादव आपूर्तिमन्त्री भएसँगै विभिन्न कम्पनीहरु उनलाई प्रभावमा पार्न लागि परिसकेको बुझिएको छ । यद्यपी हटी स्वभावका यादवले कालोबजारी गर्ने कम्पनीलाई के गर्छन्, त्यो भने हेर्न बाँकी नै छ ।   

अर्थ सरोकार अटो अपरेशनका यी सामाग्री छुटे कि ?




















Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK