×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

राष्ट्र बैंकभित्र बहस, ‘कुलिङ पिरियडको उदेश्य के ?’ अनिल शाहलाई डेपुटी भएर नबिल जान रोक्न लविङ !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- एउटा वाणिज्य बैंकको सीइओ तत्काल अर्को बैंकमा जाँदा आउने विभिन्नखाले समस्या र विकृतिका कारण नेपाल राष्ट्र बैंकले ६ महिनाको ‘कुलिङ पिरियड’को नीति सर्कुलरमार्फत ल्याएको थियो । तर लाजै पचाएर एउटा बैंकको सीइओ अर्को बैंकमा डेपुटी सीइओ भएर जाने र डेपुटीमा पुन: पदोन्नति लिएर सीइओ बन्ने घुमाउरो बाट रोजिन थालेपछि राष्ट्र बैंकभित्रै कुलिङ पिरियडको बहस सुरु भएको छ । ‘अनिल केशरी शाह डेपुटी सीइओ भएर नबिल छिर्ने, अनि केहि समयभित्रै सीइओ हुने’ गरी चोरबाटो समातेर कुलिङ पिरियडको नीति लत्याउन खोजेपछि नेपाल राष्ट्र बैंकभित्र यस्तो बहस सुरु भएको हो । 
नेपाल राष्ट्र बैंकको उच्च स्रोतले अर्थ सरोकार डटकमलाई दिएको जानकारी अनुसार अनिल शाहले गरेजस्तो अन्य सीइओले पनि गर्न सक्ने र यस्तो कामले प्रसय पाए कुलिङ पिरियडको अर्थ नभएकाले एउटा बैंक छोडेको सीइओ ६ महिनाभित्र अर्को कुनैपनि बैंकमा कुनैपनि पदमा जान नपाउने गरी सर्कुलर जारी गर्नका लागि एक पक्षले लविङ गरिरहेको छ ।
‘राष्ट्र बैंकभित्र दुइखाले कुरा उठेको छ । अहिले नै सीइओ कुनै पनि बैंकको कुनै पनि पदमा जान नपाउने भन्ने सर्कुलर जारी गर्ने हो भने राष्ट्र बैंकनै अनिल शाहको पछी लाग्यो भन्ने कुरा उठ्न सक्छ भन्ने कुरा आएको छ । तर शाह नबिल गएपछि यो सर्कुलर ल्याए अनिललाई छोड्ने अरुलाई न्याक्ने ? अनिल शाहलाई पोस्ने ?’ भन्ने कुरा पनि आउन सक्छ भन्नेबारे कुरा उठेको छ । अवको बैठकमा यो कुरा राम्रै ढंगबाट उठ्नेछ । तर कुलिङ पिरियडको ‘लुप होल’लाई समातेर कसैले पनि चोरबाटोबाट कुलिङ पिरियडभित्र कुनै बैंकको सीइओ हुन्छ भने त्यो गलत हो । त्यस्तो काम गरिए कुलिङ पिरियडको कुनै पनि अर्थ हुने छैन ।’
यसो त अनिल शाह डेपुटी सीइओ भएर नबिल गएको खण्डमा अन्य बैंकका सीइओले पनि यहि प्रक्रिया अवलम्बन गर्ने पक्का छ । तत्काल आफ्नो बैंक छोड्न तर बेरोजगार नबस्न दाउ खोजीरहेका विभिन्न बैंकका सीइओले पनि यहि गरेको खण्डमा ‘कुलिङ पिरियड’को कुनै अर्थ हुने छैन । यद्यपी यो विषयलाई राष्ट्र बैंकले कुन रुपमा हेर्छ, त्यो भने हेर्न बाँकी नै छ ।          
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: