×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाली अर्थतन्त्रमा अव सुरु भयो नयाँ युग, धन्यवाद ओलीज्यू, शुभकामना डाक्टर साप ! (ब्लग)

PRIME CA

नेपाली अर्थतन्त्रमा अव सुरु भयो नयाँ युग, धन्यवाद ओलीज्यू, शुभकामना डाक्टर साप ! (ब्लग)

अर्थ सरोकार

१५ फाल्गुन २०७४, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • डीआर नेपाल 
चुनावपछी जनताले नेकपा एमालेलाई देश चलाउने जिम्मा दिए । र त्यसमा पनि यसअघि सपनाका थुप्रै थुंगाहरु बाँडेर सत्ताबाट बाहिरिएका ओली प्रधानमन्त्री भए । आर्थिक क्षेत्रमा लागेका जो कोहीलाई प्रधानमन्त्रीसंगै अव अर्थमन्त्री को होला ? भन्ने उत्शुकता थियो । पुरानै अनुहारका नाम चर्चामा हुँदा केहि निराश पनि थिए जनता । तर धेरैपछी नेपाली अर्थतन्त्र बुझेका अर्थमन्त्री पायो देशले । कमले सोचेको तर धेरैले रोजेको काम गरे केपी ओलीले । राष्ट्र बैंकका पूर्व गभर्नरसमेत रहेका डा. युवराज खतिवडाले अर्थमन्त्रालयको बागडोर सम्हाल्ने भएका छन् । 
सुरु भयो एउटा नयाँ युग !
खतिवडाले अर्थ मन्त्रालयको बागडोर सम्हालेसंगै नेपाली अर्थतन्त्रमा एउटा नयाँ युगको सुरु भएको छ । मान्छेको क्षमताको धैर्य र पहिचान संकटको बेलामा हुन्छ भन्ने उदघोस घर्ने उनी जतिसुकै समस्या भएपनि अर्थ मन्त्रालयको टिमले समाधान गर्न सक्नुपर्छ र हामी सक्छौँ भन्ने शंकल्पका साथ अगाडी बढेका छन् । अर्थ मन्त्रालयको बागडोर सम्हालेकी दिन उनले भनेका छन्, ‘म विकासवादी चिन्तक हुँ । पदमा हुँदा वा नहुँदा विकासकै बारेमा बोल्ने, लेख्ने र अनुसन्धान गर्ने गर्छु । विकासका विषयमा मेरा केही मान्यता छन् । तर, ती मान्यता हामीले अपनाउदै आएका मूल प्रवाहका आर्थिक नीतिभन्दा टाढा छैन । समय, राजनीतिक प्रणाली र संवैधानिक व्यवस्थाले अघि सारेका केही थप विषयबाहेक हामी हिजोकै परम्परामा अघि बढ्छौँ । आज म केही एजेण्डा राख्न चाहन्छु, जसको निरन्तरको अनुगमन होस् र हामीलाई काम गर्न पनि झक्झकाइरहोस् ।’ यसले पनि उनले कत्रो प्लान लिएर हिंडेका छन् भन्ने स्पष्ट हुन्छ । 
शुभकामना डाक्टर साप, धन्यवाद ओलीज्यू !
आफ्नालाई चिडाए पनि केपी ओलीले निकै राम्रो निर्णय गरेका छन् । यसका लागि उनलाई धन्यवाद दिनै पर्छ । संविधानले मार्गनिर्देशन गरेअनुसार सरकारका केही निश्चित भूमिका निर्वाह गर्न मात्र होइन, दिर्घकालिन रुपमा सोच्न र सोहि अनुसार काम गर्ने चुनौती पनि छ खतिवडासँग । सोहि अनुसार उनले काम गर्न सक्छन् भन्ने कुरामा धेरै विश्वस्त पनि छन् ।राज्यले निजी क्षेत्र सहकारी र सामुदायिक क्षेत्रसँग सहकार्य गरेर होस् वा परिपूरकताको सिद्धान्तभित्र रहेर राज्यले गर्ने सहकार्य होस्, खतिवडाको भूमिका महत्वपूर्ण हुन्छ । खतिवडाले आफ्नो मन्तव्यमा भनेजस्तै अर्थतन्त्रमा केही समस्या छन्। केही बिकृति पनि छन् । तिनलाई सुधार गर्नुपर्ने दायित्व खतिवडा सामू छ । पहिलो कुरा सरकारी वित्त व्यवस्थापनमा अनुशासनहीनताको अन्त्य हुनुपर्छ भनेर त उनैले भनेका छन् । उनीसंग जनताले गरेको आश ठुलो छ । अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि हस्तान्तरणको सम्बन्ध स्थापित हुनुपर्छ। हाम्रो राष्ट्रको प्राथमिकता अनुकूल परिचालन गर्नुपर्ने जिम्मेवारी उनका अगाडी छ । यसका लागि उनलाई शुभकामना !
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: