×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सदावाहार’ मागसहित इन्भेष्टर्स फोरमले दियो आन्दोलनको धम्की ! साना लगानीकर्ता फेरि फस्ने सम्भावना धेरै !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘सदावाहार’ मागसहित इन्भेष्टर्स फोरमले दियो आन्दोलनको धम्की ! साना लगानीकर्ता फेरि फस्ने सम्भावना धेरै !

१३ चैत्र २०७४, मंगलवार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेपाली पूँजी बजारमा गर्ने पर्ने केहि कामहरु छन् । लामो समयदेखि अड्किरहेका केहि कामहरु पनि छन् । तीनैलाई पुन: बहाना बनाएर बजार घटेको झोंकमा नेपाल इन्भेष्टर्स फोरमले आन्दोलन गर्ने चेतावनी दिएको छ । फोरमले सरकारसँग १९ बुँदे माग प्रस्तुत गर्दै ती माग ७ दिनभित्र पूरा नभए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । यस्तो आन्दोलनको चेतावनी फोरमले बिगतमा पनि दिएको थियो । बजार बढोस् भनेर दिइएको यस्तो चेतावनी थोरै बजार बढेपछी फिर्ता लिइएको थियो । यसपाली पनि सोहि उद्देश्यसहित फोरमले आन्दोलनको तयारी गरेको बताएको छ । 
यसरी फस्दैछन् साना लगानीकर्ता !
बजार नमज्जासँग घटेको छ । यो बेला नसोची गरिने कुनै पनि निर्णयले नराम्रो नतिजा ल्याउने कुरामा शंका छैन ।’अव फोरमले आन्दोलन गर्ने भयो, बजार बढ्छ’ भन्ने मानसिकता राखेर साना लगानीकर्ताहरु बजारमा लगानी गर्ने मुडमा रहने वातावरण यो आन्दोलनको चेतावनीले दिएको छ । त्यस्तै मुड भएकाहरुले बजारमा सेयर किन्न थालेपछि बजार बढ्छ र त्यसको जस फोरमले पाउँछ । तर ठुला लगानीकर्ताहरु भने यस्तै सानाहरुले किनेर बढेको बजारको मौका छोपी आफ्नो सेयर बेच्न बाटो कुरेर बसेका छन् । अझ खास कुरा त के छ भने यसरी बजारमा चलखेल गर्न पल्किएकाहरु फोरमकै पधाधिकारी छन् । जहिले पनि सानालाई फसाउने वातावरण बनाउने र आफु जोगिने बाटोमा हिड्ने उनीहरुको यो आइडिया सानाहरुले बुझ्ने कुरै भएन । बजार जसरी पनि बढोस् भन्ने चाहाना राखेर बसेका साना लगानीकर्ताहरु फोरमको यो जालमा फस्ने देखिन्छ ।
फोरमको गलत अभ्यास !
नेपाल इन्भेष्टर्स फोरमले यतिसम्म साना लगानीकर्ताहरुलाई फसाउने आइडिया रचेको छ कि, फोरमका तीनै अध्यक्ष अम्बिका पौडेलले केहि दिन अगाडी न टेक्ने हाँगो रहेको र समाउने केहि रहेको भन्दै स्ट्याटस हालेका थिए । यसको अर्थ तत्काल बजार बढ्दैन भन्ने कुरामा उनी ढुक्क भएको सबैले बुझ्छन् । तर बजार जवरजस्त बढाउने वातावरण बनाएर उनी पनि आफु जोगिने बाटोमा रहेको विश्लेषकहरु बताउँछन् । यसका लागि उनले यतिसम्म राजनीति गरेका छन् कि, आफ्नो सपोर्ट गर्नेहरुलाई मात्र सुटुक्क पत्रकार सम्मेलनमा बोलाउने, आफ्ना कुराहरुमात्र लाद्न खोज्ने काम गरिरहेका छन् । 
फोरमले गर्नुपर्ने तर गर्न नसकेका कुरा ! 
फोरमले सरकारसमक्ष सम्झौतागरिएको अवधीभित्रै पूर्ण अनलाइनकारोबार प्रणाली लागु गर्ने माग राखेको छ । जवकी अनलाइन किन सुचारु भएन वा के चलेखेल भइरहेको छ भन्ने कुरा फोरमलाई राम्रोसँग थाहा छ । तर यसबारे फोरम चुप छ । अर्को माग ब्रोकरको संख्यातथा क्षेत्रधिकार विस्तार गरी वाणिज्य बैंकहरुलाई समेत ब्रोकर लाईसेन्स दिई कारोबार गर्ने सूविधाविस्तार गर्ने भन्ने फोरमले उल्लेख गरेको छ । यो माग पनि बजार घटेर सबै लगानीकर्ता त्राहिमाम भएका बेला मात्र उठाइन्छ । गैरआवशीय नेपालीहरुलाई पूँजीबजारमाप्रवेश गराउनका लागि आवश्यक कानूनहरुको निर्माण गर्ने भन्ने माग त दिनहुँ दालभात खाएजस्तै माग हो ।

फोरमले राखेका अरु मागहरु यस्ता छन् : 
धितोपत्रबोर्ड, नेप्से,सिडिएससि लगायतकानिकायकोक्षमताअभिवृद्धि गरी पूर्वाधार तथाप्रविधि मैत्रीबनाउने । 
नेप्सेको संरचनागत सूधार र नयाँ स्टक एक्सचेन्ज स्थापनाको लागितत्कालकार्य अगाडी बढाउने । 
ब्रोकर सेवाशुल्कतथाब्रोकरको प्रवेश र वर्हिगमनलाई अन्तराष्ट्रिय स्तरमाप्रचलितमान्यताअनूरुपवनाउने । 
शेयर कर्जामालगाईएको पूँजीगतजोखीमको भार १०० प्रतिशतमाझार्ने ।
शेयर धितोकर्जामाकर्जाको सिमाबजार मूल्यको ७० प्रतिशत पु¥याउने । 
ब्रोकर मार्फत शेयरधितो कर्जा उपलब्ध गराउने कार्यलाई तत्कालकार्यान्वयनमाल्याउने।
सेटलमेन्ट ग्यारेन्टी फन्डसँग सम्बन्धित ऐन नियमतत्कालनिर्माण गरि कार्यान्वयनगर्ने ।
मार्केट मेकर र धितोपत्रब्यापारीलाई छिटोभन्दा छिटो हालको बजारमाप्रवेश गर्ने वातावरण बनाउने । 
सर्ट सेलिङ्ग, अन्तर दिनकारोबारको व्यवस्था गरी चाँडो भन्दा चाँडो लागू गर्ने व्यवस्थामिलाउने । 
हालकायमरहेको ३ दिनको राफसाफलाई १ दिनवाकारोबार सकिएको २४ घण्टाभित्र हुने व्यवस्थामिलाउने । 
सूचीकृत कम्पनीहरुले प्रदानगर्ने बोनस शेयर बार्षिक साधारण सभा सम्पन्नभएको ७दिन र हकप्रद शेयर बाँडफाँडको भएको ७दिनभित्र सूचिकृत गर्ने ब्यवस्थागर्ने ।
हकप्रद र बोनस शेयरहरु प्रदानगर्ने कम्पनीहरुको धितोमा ऋण लिएका ऋणीहरुको हकमा सो शेयर सुचिकरण नगरिने समयसम्मको लागिबुकक्लोज हुने दिनको मुल्यलाई नै आधार मुल्यमान्ने ब्यबस्थागर्ने ।
डेबेञ्चर तथाबोण्ड मार्केटलाई ब्यबस्थीततथा तरल बनाउने ।
फाईनान्सीयल डेरिभेटिभको कारोबार संचालनमाल्याउने ।
नेपाल स्टक एक्सचेञ्ज र नेपालधितोपत्रबोर्डले लगानीकर्ताबाट प्राप्तकमिशनको १५ प्रतिशत रकमलगानीकर्ता सचेतनाकार्यक्रममाखर्च गर्नु पर्ने ।
वास्तविक क्षेत्रकाकम्पनीहरुको नियमनको लागि छुट्टै नियमनकारी निकायको ब्यबस्थागर्ने ।
रोजाई तपाईंकै !
अर्थमन्त्री अलि गलत रुपमा बजारमा प्रस्तुत भएको कुरामा कुनै शंका नै छैन । तर पछिल्लो समय अर्थमन्त्रीले बजार आफ्नै गतिमा बढेको छ वा तत्काल बढ्ने अवस्था छैन भन्ने कुराचाहिं सत्य हो । यस्तो बेलामा लहै लहैमा लागेर बजारमा लगानी गर्नुभन्दा ‘पर्ख र हेर’ मै बस्दा उचित हुन्छ । यता कतिपय कथित प्राविधिक विश्लेषकहरुले बजार घटे नै पिच्छे ‘अव यतिमा सपोर्ट छ र उतिमा सपोर्ट छ’ भनेर लगानीकर्ताहरुलाई भ्रममा राखेका छन् । यी कुराहरुलाई पनि लगानीकर्ताले ध्यान दिन जरुरी छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी