×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सानिमा बैंकमा खाता छ ? होसियार ! यसरी अरुले किर्ते हस्ताक्षर गरेर पैसा निकाल्दा पनि थाहा पाउँदैन बैंक (प्रमाणसहित)

  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम   
काठमाडौँ – मह जोडीले बिज्ञापनमा खुब फलाक्छन्, ‘सानीमा बैंक, सबल अनि विश्वसनीय बैंक ।’ तर त्यहि बैंक अविश्वासनीय असवल र आफ्ना ग्राहकप्रति अनुत्तरदायी भएको प्रमाण फेला परेको छ । किन कि बैंकमा रहेको एउटाको खाताबाट अर्कैले किर्ते हस्ताक्षर गरेर रकम झिक्दा पनि बैंकका कर्मचारीले थाहा नपाउने गरेको फेला परेको छ । यसले सानीमा बैंकमा पैसा राख्न कतिसम्म ‘रिस्की’ छ भन्ने त देखाएको छ नै, सानीमा बैंकका कर्मचारी कतिसम्म ‘असक्षम’ छन् भन्नेसमेत प्रमाणित भएको छ ।
एउटाको खाताबाट यसरी निकालियो अर्काको रकम !
सिन्धुपाल्चोक जिल्ला ठुलो सिरुबारी गाबिस वडा नम्बर ५, हाल चौतारा नगरपालिका वडा नम्बर १३ घर भइ काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नम्बर १ नक्साल बस्ने ४३ बर्षकी बिमला दुलालले आफ्नो घर नजिकै भएका कारण सानीमा बैंकमा खाता खोलेकी थिइन् । सानीमा बैंकको मुख्य कार्यालय नक्सालमा खाता खोलेकी उनले आफ्नो खातामा निकै दु:ख गरेर जम्मा गरेको रकम अर्कैले चोरिदिएपछी उनी अहिले मर्कामा छिन् । नक्सालस्थित बैंकमा रहेको उनको खाता नम्बर ००१०००११५०३० ‘एन’ मा रहेको खाताबाट विभिन्न ६ थान चेक चोरेर आफ्नै डेरामा बस्ने रेनुका खड्का नाम गरेकी महिलाले किर्ते हस्ताक्षर गरी रकम झिकिन् । तर बैंकका कर्मचारीले उक्त हस्ताक्षर नक्कली हो कि सक्कली हो भन्ने पत्तो समेत पाएनन् । अन्तत: आफुले दु:ख गरेर जम्मा गरेको रकम अर्कैले चोरेको थाहा पाएपछि अहिले उनी प्रहरीको शरणमा पुगेकी छिन् । 
हेर्नुहोस् उनले दिएको जाहेरी दर्खास्त जस्ताको त्यस्तै :
बैंक भन्छ, ‘हामीलाई त केहि पनि थाहा छैन’ 
यस विषयमा बुझ्न हामीले सानीमा बैंकमा फोन गरेका थियौं । तर बैंकका सुचना अधिकारी यस विषयमा बोल्न चाहेनन् । यद्यपी बैंकका कर्पोरेट अफेयर्स डिपार्टमेन्टका कर्मचारीले भने आफुहरुलाई यस विषयमा केहि पनि थाहा नभएको बताए । ‘हामीलाई त यस विषयमा केहि पनि जानकारी छैन । सुचनाअधिकारी सरसँग बुझ्नुपर्छ । कहाँ उजुरी परेको, कसले उजुरी गरेको, केहि थाहा छैन । ‘ बैंकका कर्मचारी सगुन प्रजापतिले अर्थ सरोकार डटकमसँग भने । उनका अनुसार सुचना अधिकारीलाई यस विषयमा थाहा हुन्छ र उनी नै यसबारे बोल्ने आधिकारिक व्यक्ति हुन् । तर बैंकको सुचना अधिकारीसमेत रहेका डेपुटी सीइओ तेज बहादुर चन्द यस विषयमा बोल्न चाहेनन् ।

हेर्नुहोस् यसरी गरिएको छ किर्ते हस्ताक्षर 
पीडीत भन्छिन्, ‘एउटै घरमा पसल थियो, चेक चोरेर पैसा झिकिएछ’
यता पीडीत विमला दुलालले आफ्नो हस्ताक्षर र आफ्नो चेक दुरुपयोग गरेर पैसा झिक्ने रेणुका खड्काले पैसा चोरेपछी आफु समस्यामा परेको बताईन् । ‘हामी एउटै घरमा बस्थ्यौं । एउटै घरमा हाम्रो पसल छ । मेरो चेक चोरेर पैसा जति निकालिएछ । मेरो हस्ताक्षर होइन त्यो । तर सबै पैसा चोरिएछ । रेनुका अहिले सम्पर्क बाहिर छिन् ।’ पीडीत दुलालले भनिन् । यता पीडीत दुलालका छोरा सुमन दुलालले बैंकले समेत लापरवाही गरेको बताएका छन् । ‘५ लाख रुपैयाँ चोरिएको छ । १ लाखभन्दा बढी रकम झिक्दा नागरिकता वा परिचयपत्र माग्ने बैंकले कुनै पनि परिचयपत्र राखेको छैन । अरुलाई १ लाख रुपैयाँ झिक्दा पनि परिचयपत्र माग्ने बैंकले उनीसँग किन परिचयपत्र मागेन ? यसमा बैंकका कर्मचारीहरुमाथि ठुलो शंका उब्जिएको छ ।’ पीडीत विमलाका छोरा सुमन दुलालले अर्थ सरोकार डटकमसँग भने । 
बैंककै कर्मचारीको  पनि मिलेमतो हुनसक्छ, थप अनुसन्धान भइरहेको छ : प्रहरी
यस विषयमा हामीले महानगरीय प्रहरी परिसर टेकुमा सम्पर्क गरेका थियौं । परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहन थापाका अनुसार यस घटनामा बैंकसमेत दोषी देखिने सम्भावना बढी देखिएको छ । ‘बैंकका कर्मचारीको दोष हुन सक्ने सम्भावना बढी छ । हामी थप अनुसन्धान गरिरहेका छौं ।’ उनले अर्थ सरोकार डटकमसँग भने, ‘दुलालजीको उजुरी परेको छ । यस विषयमा के भएको रहेछ हामी अनुसन्धान गर्दैछौं । थप जानकारी अनुसन्धानपछी आउने नै छ । हामीले बैंकमा यस विषयमा खबर गरेका छौं ।’ 
किन मागिएन परिचयपत्र ?
रकम भुक्तानी माग्न आउनेको परिचयपत्र किन मागिएन भन्ने कुरामा पनि बैंकमाथि शंका गर्ने ठाउँ देखिएको छ । बैंकले प्रहरीलाई पठाएको पत्रमा २०७४ असार मसान्तभन्दा अघिका चेकहरुमा परिचयपत्र राख्ने पर्ने भन्ने व्यवस्था नरहेकोले परिचयपत्र नराखिएको भन्ने उल्लेख छ । जवकी सोहि समयमा बैंकले रकम भुक्तानी लिन आउनेलाई परिचयपत्र राखेको उदाहरण प्रशस्तै रहेको बैंकमै रहेका अन्य कर्मचारीहरु बताउँछन् । यसरी कसैको परिचयपत्र राख्ने र कसैको नराख्ने बैंकको कामले पनि बैंकका कर्मचारीकै मिलेमतो पो भयो कि भन्ने आशंका उब्जिएको छ । यस विषयमा पनि बैंकका सुचना अधिकारी बोल्न चाहादैनन् । हामीले यस विषयमा पटक पटक उनलाई फोन गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् । बैंकको नियम अनुसार रकम लिन आउनेको परिचय लिने काम विभिन्न बैंकले सो बेला पनि गर्थे । सानीमा बैंकले पनि गर्थ्यो । परिचयपत्र राख्नुपर्ने बाध्यकारी नियम नभएपनि १ लाखभन्दा माथिको भुक्तानीमा परिचयपत्र राखिन्थ्यो । अव यहि घटनामा किन परिचयपत्र राखिएन भन्ने प्रश्न उठेको छ ।
 साख गुमाउंदै सानीमा बैंक, मह जोडी पनि विवादमा तानिए !
यता सानीमा बैंक दिनानुदिन ग्राहककको अविश्वासको सिकार हुँदै गएको छ । यसघि पनि सानीमा बैंकका डाटाहरु ह्याकरको नियन्त्रणमा रहेको खबर सार्वजनिक भएको थियो । तर बैंकले त्यतिबेला पनि खास वास्ता नगर्दा थुप्रै ग्राहकहरुको विवरण बाहिर गएको आरोप बैंकमाथि लागेको थियो । यसो त सानीमा बैंकमात्र होइन सानीमा बैंकसंगै मह जोडी पनि विवादमा तानिएका छन् । आफ्नो चलचित्र ‘शत्रु गते’ बाट समेत सानीमा बैंकको खुब प्रचार गरेको मह जोडीले ‘सबल अनि विश्वसनीय बैंक’ भनेर मिडियामा बोलिरहँदा ग्राहक भने फसेको बस्यै हुन थालेपछि महले खेल्ने विज्ञापनमाथि पनि प्रश्नचिन्ह उठ्ने थालेको छ । यसअघि हुँदै नभएको स्वस्थानीको काल्पनिक कथा बुनेर महले खेलेको चन्द्रागिरी हिल्सको बिज्ञापनबारे अर्थ सरोकार डटकमले समाचार सार्वजनिक गरेपछि उक्त बिज्ञापन बजाउन कम्पनीले रोक लगाएको थियो ।    
‘मह जोडी’ले खेलेको बिज्ञापन वाला बैंकले त ठग्दैन भन्ने सोचेर नै पनि यो बैंकमा पैसा राख्ने थुप्रै छन् । यस्ता घटना आइरहनु र बैंकका सुचना अधिकारी बोल्न नमान्नुले बैंकभित्र केहि खिचडी पाकिरहेको छ र यस्ता घटनामा बैंककै मिलेमतो त छैन ? भन्ने प्रश्न उठेको छ ।    
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: