
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- आज विभिन्न पत्रिका तथा अनलाइनहरुमा नेपाल बंगलादेश बैंकको समाचार पढ्नु भयो नै होला । बैंकमा दुइ सिएहरु प्रमोसन भएको उक्त समाचारलाई बैंकले बिज्ञप्ति बनाएर पठाएपछी नेपालका अधिकांस पत्रिकाले उक्त समाचार छापे । तर सीइओ, डेपुटी सीइओ, सहायक महाप्रबन्धकसमेत सिए भएको बैंकले पठाएको विज्ञप्तिमा सीइओ र डेपुटी सीइओलाइ चार्टड एकाउन्टेन्ट बनाउने संस्थाकै नाम गलत थियो ।
पढ्नुहोस् बैंकले पठाएको समाचार जस्ताको त्यस्तै
‘काठमाडौं। नेपाल बंगलादेश (एनबी) बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) मा सुरेन्द्रभुषण श्रेष्ठ नियुक्त भएका छन्। बैंकले सहायक महाप्रवन्धक (एजिएम) मा सुरेश देवकोटालाई नियुक्त गरेको छ । सन् १९९६ मा एभरेष्ट बैंकबाट बैंकिङ करियर सुरु गरेका वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट (सिए) श्रेष्ठ सन् २०१० मा एनबी बैंकमा डिजिएमको रुपमा प्रवेश गरेका थिए। उनले भारतको इन्ष्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट (आईसीआई) बाट सिए कोर्ष पुरा गरेका हुन।
श्रेष्ठले वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत नेपाल बैंकको विदेशी व्यवस्थापन टिमको सदस्यको रुपमा जिम्मेवारी निर्वाह गर्नुका साथै विश्व बैंक तथा एसियाली विकास बैंक (एडीबी) अन्तर्गत नेपाल लगायत बंगलादेशमा पनि वित्तीय सुधार कार्यक्रमहरुमा काम गरेको अनुभव रहेको छ। एजिएम सुरेश देवकोटा पनि सीए हुन। इन्ष्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान) बाट सिए कोर्ष पूरा गरेका उनी हाल सोही संस्थाको पार्षदसमेत छन्। देवकोटाले सन् २००५ बाट आफ्नो बैंकिङ करियर सुरु गरेका हुन्।’
आइसीएआइको नाम नै गलत !
बिज्ञप्तिमा भनिएको छ, ‘ सन् १९९६ मा एभरेष्ट बैंकबाट बैंकिङ करियर सुरु गरेका वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट (सिए) श्रेष्ठ सन् २०१० मा एनबी बैंकमा डिजिएमको रुपमा प्रवेश गरेका थिए। उनले भारतको इन्ष्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट (आईसीआई) बाट सिए कोर्ष पुरा गरेका हुन। जहाँ आइसीएआइ हुनुपर्नेमा आइसीआइ भनी उल्लेख गरिएको छ । धेरैलाई यो सामान्य गल्ती लाग्ला, तर भारतमा मिडियामा यसरी आइसीएआइको नाम गलत तरिकाले लेख्दा आइसीएआइकै पहलमा विभिन्न पत्रिकाले भूलसुधार गरेका थुप्रै उदाहरणहरु छन् । अझ खास कुरा त के छ भने बैंककै सीइओ र डेपुटी सीइओलाई त्यहाँसम्म ल्याउने संस्थाको नाम नै बैंकले गलत लेखेर पठाउनु अर्को भुल हो । खासमा उक्त संस्थाको नाम दी इन्स्टिच्युट अफ चार्टड एकाउन्टेन्ट्स अफ इन्डिया (आइसीएआइ) हुनुपर्ने हो । आइसीएआइको नाम नै गलत रुपमा छ्यापछ्याप्ती नेपाली मिडियामा आएपछी भारतीय बोर्डमा सिए उतिर्ण गरेकाहरुले पनि नमीठो मानेका छन् ।
कसले तयार गरेको थियो बिज्ञप्ति ?
यस विषयमा बुझ्न हामीले नेपाल बंगलादेश बैंकमा फोन गरेका थियौं । बैंकले यस्तो विषयमा मार्केटिङले हेर्ने बताउँदै बैंकको मार्केटिङ विभागलाई फोन ट्रान्सफर गर्यो । विभागमा रहेका एक कर्मचारीले आफुलाई यस विषयमा केहि पनि थाहा नभएको र बिज्ञप्ति कैलाश त्रिपाठीले तयार गरेको बताए । उनी भर्खरैमात्र कर्पोरेट कम्युनिकेसन एण्ड ब्रान्डीङ विभागका प्रमुख भएका हुन् । उनलाई हामीले ३ पटक फोन गर्यौं । तर उनी सम्पर्कमा आउनै चाहेनन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्