
- ई. सागर ढकाल
केपी ओलीज्यू नमस्कार !
मलाई सबैभन्दा अनौठो कतिखेर लाग्छ भने, युरोपियन युनियनको रिपोर्ट सार्वजनिक हुँदा प्रधानमन्त्रीदेखि साधारण जनतासम्मले खुलेर बिरोध गर्ने, अन्तरास्ट्रिय पत्रिकाले नेपालको राष्ट्रिय चुनाव चीनले जित्यो भन्दा खुलेर बिरोध गर्ने तर त्यहि अन्तरास्ट्रिय पत्रिका र युनियनहरुले ‘विश्वमै तिब्र गतिमा इसाईकरण भएको देश – नेपाल’ भन्दा सम्पूर्ण नेता, जनता, पार्टीहरुचाहिं तै चुप मै-चुप किन ?
त्यहि युनियनहरुले हामी सफल भयौ अझै पैसा चाहियो भनेर विश्वव्यापी मार्केटिंग गरेर पैसा उठाउंदा सम्पूर्ण मूल नेपाली मिडिया र राजनेता चुप किन ? के नेपाललाई सिधै होच्याएमात्र बिरोध गर्ने हो प्रधानमन्त्री, मिडियाकर्मी र राजनेता ज्युहरु र ? प्राय ठुला अन्तरास्ट्रिय संस्थाको मन्द गतिबाट घुमाउरो तरिकाले आफ्नो स्वार्थपूर्ति गर्ने लक्ष हुन्छ । इयुले केहि समय अगाडी झापड त गतिलाई दियो नि होइन ? याद रहोस् इयुको झापड त एउटा सानो ट्रेलर मात्र हो – बाँकी पूरै फिल्म देख्नै बाँकी छ । सम्पूर्ण देश, राजनेता र राजनीतिक पार्टी केटाकेटीमय भएको छ । कसैले होच्याउदा कराउने तर मन्द गतिको गुलियो बिस भने खुसि भएर खोसी-खोसी पिउने । सिधै होच्याये मात्र चिच्याउने, उफ्रिने र कराउने नभई पाको व्यक्ति भएर देशलाई यो विषबाट जोगाउने योजना के छ हजुरको प्रधानमन्त्री ज्यु ?
मैले यो भनीराख्दा नेपालमा बसिराख्नु भएका धेरै क्रिस्चियन नेपाली दाजुभाइले मलाई नकारात्मक दृस्टीकोणले नहेर्नु हुन अनुरोध गर्दछु । मेरो लागि सबैभन्दा पहिले धर्म कर्म भन्दा धेरै नै माथि देश र जनता छन् । मेरो लागि पार्टी, धर्म, कर्म, भगवान भनेको नै नेपाली जनता हुन् । म पशुपतिनाथको मुर्तिमाभन्दा नेपालीको अनुहारमा भगवान बसेको देख्छु । उनीहरुको लागि जुनसुकै पार्टी, सिद्धान्त, धर्म, कर्म, नाता सम्बन्ध पनि त्याग्न तयार छु। त्यसैले नेपाली जनतालाई हरेक कुरामा सकेसम्म एउटा चरा जस्तै स्वतन्त्र छोड्नुपर्छ भन्ने मान्यता राख्दछु ।
हेर्नुहोस् ! तपाइलाई सबैभन्दा पहिले चाहिने बिहान र साँझ एक-एक छाक खान र आफ्नो परिवारसँग एउटा सानो छाप्रोमा न्यानो कपडा लगाएर मरुन्जेल बस्न दुइ पटक सोच्नु नपर्ने दिन हो । यसका लागि एउटा बलियो अर्थतन्त्र चाहिन्छ । नेपालको अर्थतन्त्रको एउटा मूल हिस्सा पर्यटन नबनाई यो देश विकास हुदैन । अब मलाई भन्नुस सम्पूर्ण पस्शिमा वा बिदेसी नेपाल किन आउने ? सायद तपाइले इमान्दार नेपालको विकास देख्न चाहने सम्पूर्ण पश्चिमालाई सोध्नु भयो भने ९५ प्रतिशत भन्दा बढीले हिमाल ,मन्दिर र गुम्बा नेपाल गएर हेर्न चाहने इच्छा ब्यक्त गर्दछन । सायद कोहि पनि पर्यटक नेपाल चर्च हेर्न जाने होइनन् । अब मलाई भन्नुस हजुरले अन्तिम सास फेरुन्जेलसम्म पेट पाल्न, घरबार बनाउन, परिवारसंग सगै बस्न कुन कुरालाई जोड दिनुपर्छ – गुम्बा, मन्दिर या चर्च ?
केहि नेपाली चर्च बनाउन बिदेसी पैसा ल्याउन तछाडमछाड गर्नुभएको छ । मलाई उहाँहरुले केहि गल्ती गर्नुभयो जस्तो पनि लाग्दैन । गरिव थियौ, हाम्रो पहिलो प्राथमिकता पेट हुन्छ धर्म कर्म हुदैन । उनीहरुले त्यहि गरे, जो पेट पाल्नका लागि गर्नुपर्छ । मेरो अनुरोध यति हो, धर्म परिवर्तन भन्दा पनि हजारौ चर्चहरु बिदेसीको जस्तो डीजाइन चोरेर नबनाई दिनुहुनुहोला । त्यो हेर्न पर्यटक किन आउँछन् र ? बरु मौलिकताले भरिपूर्ण चर्च बनाउनुहोस् । विदेशीले पनि भनुन्, ‘ नेपालमा फरक खालको चर्च रहेछ भनेर। ‘
सबैलाई थाहा छ, विश्वकै एक मात्र हिन्दु राज्य नेपाल हटाएर हामीले इतिहासकै ठुलो गल्ती गरिसकेका छौं । हाम्रो पहिचान हामी आफैंले नै सिध्याएका छौं । अझै पनि पहिचानका नाममा नेताहरुको गलत हेराइका कारण यो देश सगरमाथा, हिन्दु राज्य, बुद्ध, गुम्बा, मन्दिर र यी सबैसंग मिसिएको अनुपम सुन्दर प्रकृतिको खानी हो भनेर सारा विश्वलाई चिनाउनाबाट देश आफैं बन्चित बनेको छ । आगामी पीडीले यसको मुल्यांकन पक्कै गर्नेछन्।
मैले यी विषयमा विश्वका जुनसुकै ठुला क्रिस्चियनका पादरी वा नेता वा अर्थसास्त्रीसँग बहस गर्न सक्छु । अव प्रधानमन्त्री ओलीले बताइदिनु पर्यो यसको उत्तर, ‘नेपाल चर्चको देश भनेर चिनाउने कि गुम्बा र मन्दिरको ?’
अन्त्यमा,
हामी नेपालीले धेरै समयपछि एउटा आसा बोकेको इमान्दार सरकार आएजस्तो भान भएको छ । प्राय मन्त्रालयमा मन्त्रालयको विषयमा बिज्ञ मन्त्री नभए पनि इमान्दार मन्त्रि छन् भन्ने सबैलाई लागेको छ । तर यसरी एकछिनचाहिं चल्छ तर सधैं चल्दैन । हामीलाई गति चाहिएको छ । चीनकोजस्तो विकास गर्ने भन्दा पनि चिनको जस्तो टाउको (मन्त्रालय र मन्त्री विज्ञ र इमान्दारिताले भरिएको) बनाउने हो भने तिब्र गतिको विकास आफै हुन्छ । यसमा यो सरकार सफल रहोस्, मेरो शुभकामना !
इ सागर ढकाल
अक्सफोर्ड विश्वविद्यालयमा स्नातकोत्तर अध्ययनरत विद्यार्थी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्