काठमाडौँ- आफ्ना कर्मचारीको हत्या भएको खबर आउँदा पनि त्यसलाई खण्डन गर्न पनि नसक्ने र जिम्मेवारी लिन पनि नचाहाने, सफ्टवेर घोटाला प्रकरण, मेनेजर फरार प्रकरण, आफ्नै डाइरेक्टरले लीलामीको जग्गा आफन्तका नाममा किनेर राजीनामा दिएको प्रकरण, लगायत अनेकौं काण्डमा फसीरहने तर यसबारे कुनै पनि प्रतिक्रिया नदिने सनराइज बैंकले पछिल्लो समय सुरु गरेको वेवाकुफी कामले बैंकको इज्जत त घट्दै छ नै, ग्राहकहरु पनि वाक्क दिक्क हुन थालेका छन् । यस्तैमा बैंकले गरेका कतिपय गतिविधिले बैंकको साख त तल खस्केको छ नै बैंक बजारमा ‘जोक’ को विषय बन्न थालेको छ ।
प्रतिनिधि एउटा घटना :
केहि दिन अघि सनराइज बैंक लिमिटेडको भक्तपुर शाखाले आफ्नो ग्राहकलाई उपचार खर्च प्रदान गर्यो । ग्राहक सानुमैंया राइठोरको मोती विन्दुको शल्यक्रियाको क्रममा लागेको १२ हजार रुपैयाँ बराबरको रकम बैंकले प्रदान गरेको थियो । न यो सीएसआर अन्तर्गतको काम थियो, न त बैंकले कुनै बहानामा कसैलाई गरेको सहयोग नै । न बैंकले कुनै कामका लागि दिएको चन्दा थियो यो, न त बैंकको उपलब्धि नै । तर के के न गर्यौं जसरी बैंकले केहि पत्रकारलाई नै खबर गरेर यसलाई प्रचारमा ल्याए । बैंकले दिनुपर्ने भुक्तानी दियो । तर यसलाई सस्तो प्रचार गरियो । जनतामा ठग बैंकभनेर चिनिने क्रममा रहेको यो बैंकले आफ्ना बचत खाताका ग्राहकहरुको लागि प्रदान गर्ने ‘स्वास्थ्य बीमा सुविधा’ अन्तर्गत ग्राहक राइठोरलाई रकम प्रदान गरिएको थियो । जसमा नौलो कुरा केहि पनि थिएन । तर बैंकका वरिष्ठ नायब महाप्रबन्धक आशा राणा अधिकारीले बैंकको केन्द्रिय कार्यालयमा उक्त रकम प्रदानगरेर यसलाई ठुलै काम जसरी कु प्रचार गरियो । यो समाचार केहि मिडियाले प्रकाशित पनि गरे । त्यसपछि सुरु भयो सनाराइज बैंकको जोक अफ दी टाउनको कथा ।
बैंकरमाझ चर्चा
शनिबार काठमाडौँमा भएको एक पार्टीमा सनराइज बैंकले गरेको यस्तो कामको खुब चर्चा भयो । कतिपय बैंकरहरुले ‘केहि नपाएपछी बैंकले के जातिको के कन्याएको’ भन्दै खरो व्यंग्य गरे । कतिपयले देखाउने चीज नै नभएपछी बैंकले के गरोस् त भन्दै प्रतिक्रिया दिए । कतिपयले अव कुनै सेलिब्रेटी बैंकमा चेक साट्न आयो भने पनि बैंकले फोटो खिचेर समाचारमा दिने रहेछ भनेर समेत व्यंग्य गरे । समग्रमा बैंकले गरेको प्रचार निकै नै तल्लो स्तरको भएको सबैको टिप्पणी थियो । ‘बैंकले भुक्तानी दियो । त्यो पनि ठुलो होइन १२००० । यो त नियमित काम हो नि । किन यसलाई मिडियाबाजी गर्नुपर्यो ?’ एक बैंकरले अर्थ सरोकार डटकमसँग भने, ‘हुन त मिडियामा दिन मिल्ने काम नै गर्न नसकेपछी बैंकले के गरोस् त ?’
बेवकुफ बन्दै मिडिया तर बाध्यता !
हत्या प्रकरण : सनराइज भन्छ, ‘पुरुषोतम हाम्रा कर्मचारी होइनन्, मृतकका मामा भन्छन्, ‘सनराइज बैंकमै काम गर्थ्यो’
प्रतिक्रिया दिनुहोस्