×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालको १०० दिन पूरा, देश र जनताका पक्षमा के-के गरे ? (कामको विवरणसहित)

  • मनोज आत्मीय / अर्थ सरोकार डटकम 
काठमाडौँ- गत चैत्र २७ गते नेपाल प्रहरीको २६औं प्रहरी महानिरीक्षकमा नियुक्त भएका सर्बेन्द्र खनालको उक्त पदमा नियुक्त भएको आज १०० दिन पूरा भएको छ । २०४६ साल माघ २९ गते प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा सेवा सुरु गरेका तनहुँका खनाल हालसम्मकै उत्कृष्ट प्रहरी महानिरीक्षक हुन् भन्ने चर्चा चलिरहेका बेला उनको १०० दिनलाई निकै महत्वका साथ हेरिएको छ । अफ्ठेरो परिस्थितिमा संबेदनशील क्षेत्रको कमाण्ड सम्हालेका खनालले यसअअघि नै आफुलाई विभिन्न ठाउँमा अब्बल साबित गरिसकेका थिए । मधेश आन्दोलनको समयमा धनुषाको कमाण्ड होस् या दोश्रो जनआन्दोलनको समयमा काठमाडौँको कमाण्ड, सर्बेन्द्र कार्यक्षेत्रमा अब्बल मानिएका प्रहरी अधिकारी हुन् । 
चर्चित गुण्डा नाईके कुमार घैंटे इन्काउन्टरदेखि भारतीय अण्डरवल्ड अपराधी ‘बब्लु दुबे’लाई पक्राउ गर्न समेत खनाल सफल भए । फुटबलमा हुनेगरेको ‘म्याच फिक्सिङ’को पर्दाफास गर्दै कालोबजारीमा नेपाल सरकारका तत्कालिन सहसचिव रामआधार शाहलाई पक्राउ गरेपछि सर्बेन्द्र खनालको उचाई झनै चुलिएको थियो । उनै सर्बेन्द्र खनाल आईजी बनेपछि नेपाल प्रहरीमा सबैले सुधारको आशा गरेका छन् । खनाल आईजी बनेपछि गरेका केहि कामले अब नेपाल प्रहरीमा सुधार र केहि उलेख्य काम हुने संकेत देखाएको छ।

सरुवा,बढुवा र पुनसंरचना 

लामो समयदेखि अबरुद्ध रहेको प्रशासनिक कार्यहरु सम्पन्न गर्दै सांगठनिक कार्यमा गतिशीलता प्रधान गर्ने क्रममा ३ हजार भन्दा बढी बढुवा र १० हजार भन्दा बढी प्रहरी कर्मचारीको सरुवा र पदस्थापना गरिएको छ ।जसमध्ये १६ जना प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई प्रहरी नायब महानिरीक्षकमा , २२ जनालाई प्रहरी उपरीक्षकलाई प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा गरिएको छ । त्यस्तै २८ जनालाई प्रहरी नायब उपरीक्षकबाट प्रहरी उपरीक्षकमा,५५ जना प्रहरी निरीक्षक लाई प्रहरी नायब उपरीक्षकमा बढुवा गरिएको छ । ७३ जना प्रहरी नायब निरीक्षकलाई प्रहरी निरीक्षकमा,२६० जना प्रहरी सहायक निरीक्षकलाई प्रहरी नायब निरीक्षकमा, २ सय ९८ जना प्रहरी हवल्दार प्रहरी सहायक निरीक्षकमा बढुवा भएका छन् । साथै १७ सय ४१ प्रहरी जवान प्रहरी हवल्दारमा बढुवा भएका छन् ।
११०१ जना प्रहरी नायब निरिक्षकहरुको सरुवा भएको छ । लामो समयसम्म निकै आकर्षक मानिएको ठाउँमा बस्ने र सिन्डिकेट चलाउने सईहरुको प्रहरी प्रधान कार्यालयले सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखामा २० बर्षभन्दा लामो समय काम गरेका सम्पूर्ण सईहरुको र प्रहरी प्रधान कार्यालयका अन्य विभागहरुमा ५ बर्ष देखि २० बर्षसम्म एकै ठाउँमा लामो समय बस्ने सईहरुको सरुवा गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एक उदाहरणीय कामको थालनी गरेका छन । रोकिएको बढुवा प्रक्रिया सुचारु गर्दै बढुवा भएका २८ जना प्रहरी उपरीक्षक र ५५ जना प्रहरी नायब उपरीक्षकहरुको पदस्थापना तथा अवधि पुगेका ७३ जना डिएसपिको एकैपटक सरुवा सरुवा समेत गरेका छन् । साथै प्राविधिकतर्फको १५ बर्षसम्म एकै पदमा बस्न बाध्य भएका सईदेखि डिआईजीसम्मको एकैदिन बढुवा निकालिएको थियो ।
सर्बेन्द्र खनाल आइजी भएपछि रिक्त रहेको १ हजार १ सय १५ जवानमध्य ७६७ जना प्रहरी जवानमा भर्ना भएका छन् । प्राविधिकतर्फ ५० सईको आवेदन खुल्यो । लोकसेवाको परीक्षामा ४९ जना उत्तीर्ण भएका छन् । त्यस्तै जनपदतर्फ ३१४ असईको आवेदन खुल्यो, उत्तीर्णमध्ये ३५७ को अन्तर्वार्ता चलिरहेको छ । प्राविधिकतर्फ ८ डीएसपी र २ इन्स्पेक्टर भर्ना भएका छन् । जनपदतर्फ ९० जना इन्स्पेक्टर भर्ना भएका छन् ।
मन्त्रिपरिषद्को जेठ २७ को निर्णयानुसार प्रहरीलाई प्रादेशिक ढाँचामा रुपान्तरण गर्न क्रमशः पदपूर्ति हुने गरी कुल ३हजार १ सय १ प्रहरी कर्मचारीको नयाँ दरबन्दी निकासा भएको छ । प्रदेश प्रहरी कार्यालय स्थापना हुन बाँकी रहेका प्रदेशहरु २ र ५ का लागि प्रदेश प्रहरी र अन्य प्रदेश स्तरीय कार्यालय स्थापना गर्ने काम शुरु भएसंगै १४ सय ४६ प्रहरी कर्मचारीहरूलाई विभिन्न कार्यालयबाट आन्तरिक समायोजन गरिने भएको छ ।प्रदेश नं.३ र ४ मा प्रदेश ट्राफिक प्रहरी कार्यालयको लागि नायाँ दरबन्दी निकासा भई कार्यालय स्थापनाको क्रममा रहेको छ । प्रदेश नं. ३ र ६ मा प्रहरी निरीक्षक को कमाण्डमा प्रहरी विद्यालय स्थापनाको लागि दरबन्दी निकासा भई स्थापनाको गृहकार्य सुरु भएको छ । विगतका १४ वटा अञ्चल प्रहरी कार्यालयमध्ये ७ वटा कार्यालयलाई संघीय प्रहरी ईकाई कार्यालयमा रुपान्तरण गरिएको छ । 
समायोजनमा परेका ७ वटा संघीय प्रहरी इकाई कार्यालयमध्येबाट मेची, नारायणी, धौलागिरीमा अब प्रदेशस्तरीय विपद व्यवस्थापन शाखा रहने भएका छन् । बाँकी रहेका सगरमाथा, राप्ती र महाकालीमा संघीय प्रहरी प्रधान कार्यालय रहने भएको छ । प्रहरी एकाई नभएका ३० स्थानीय तहमध्ये ४ नगरपालिका र २६ गाउँपालिकामा इलाका प्रहरी स्तरका कार्यालय स्थापना हुने भएका छन् । त्यस्तै ९१४ वटा इन्स्पेक्टरको कमाण्डमा र १६ वटा सईको कमाण्डमा रहने गरी कुल १ हजार ६५ दरबन्दी सिर्जना भएका छन् । यसअघि एआइजीले नेतृत्व गर्दै आएका प्रदेश प्रहरी कार्यालय र महानगरीय प्रहरी कार्यालयको प्रमुखको रुपमा डीआइजी रहने व्यवस्था लागु भएको छ ।
अपराध नियन्त्रण तथा अनुसन्धान 
खनाल आईजी भएपछी सुन तस्करी र सनम हत्याकाण्डमा संलग्न ६३ प्रतिवादीमध्य २९ जनालाई पक्राउ गरिएको छ । विभिन्न अपराधमा संग्लन भई विदेशबाट नोटिस जारी भएका ६ जना बिदेशी नागरिकलाई पक्राउ गरी विदेश पठाइएको छ भने नेपालबाट नोटिस जारि भएका १२ जनालाई नेपाल ल्याईएको छ । त्यस्तै नोटिस जारी भएका थप ११ जनालाई नेपाल भित्रैबाट पक्राउ गरिएको छ । साथै लागूऔषध सम्बन्धि अपराधमा संग्लन ९६४ जनालाई पक्राउ गरिएको छ । अबैध हातहतियार सहित ८३ जनालाई पक्राउ गरिएको छ भने स्वीकृति विना बैदेशिक रोजगारीमा पठाउने संस्थाका ३८ जणा संचालकलाई पक्राउ गरी कारवाही गरिएको छ । त्यसैगरी सार्वजनिक यातायात क्षेत्रमा रहेको सिण्डिकेट हटाउने नेपाल सरकारको बिरोध गर्दै बन्द हड्ताल गर्ने १२२ जनालाई समेत पक्राउ गरिएको थियो ।
भौतिक निर्माण र प्रविधि 
प्रहरी कार्यालयहरुमा प्रविधिको उचित प्रयोगमा समेत प्रहरी प्रधान कार्यालयले ध्यान दिएको छ । सोहि अनुरुप प्रहरी प्रधान कार्यालय र सबै प्रदेश कार्यालका बिचमा भिडियो संवाद संचालनमा आएको छ । भरपर्दो नेटवर्कको लागि ८ वटा प्रहरी कार्यालय हरुमा v-SAT प्रबिधि जडान गरिएको छ । प्रहरीले डाटा सेन्टरको स्थापना गरेको छ । सबै एप्लिकेशन सफ्टवेयरका लागि सुरक्षित र सहज पूर्वाधार तयार पारेको छ । त्यसमा आपराधिक तथा प्रशासनिक गतिविधि राखिएको हुन्छ । ई-पुलिसिङको अवधारणाअनुसार पुलिस रिपोर्टका लागि अनलाइन रजिष्ट्रेशन खुल्ने भएको छ । विदेश बस्ने नेपालीले पनि अनलाइन रजिष्ट्रेशन भरेर उतै नेपालको पुलिस रिपोर्ट पाउन सक्ने भएका छन् । 
अटोमेटिक फिङ्गर प्रिन्ट इन्फर्मेसन सिस्टम अन्तर्गत नेपाल प्रहरीको मुद्दा चल्ने २ सय २ युनिटमध्ये २९ वटा युनिटमा अटोमेटिक फिङ्गर प्रिन्ट स्टेशन जडान गरिएको छ । बढ्दो विद्युतीय कारोबार मार्फतका अपराध नियन्त्रणका लागि विद्युतीय कारोबार नियन्त्रण ब्युरो र मानव बेचविखन नियन्त्रण ब्युरो स्थापना हुने भएको छ । १६ जिल्लामा अनालाइन जीबीभी डाटाबेस सिस्टम जडान गरी महिलाविरुद्ध हुने हिंसाको अभिलेखन कार्य शुरु गरिएको छ । त्यस्तै integrated data centre को पूर्वाधारनिर्माण कार्य पूरा भई संचालनमा आएको छ । यसका साथै हराएका बालबालिका हरुको खोजि कार्यलाई चुस्त बनाउन ५६ जिल्लाका जिल्ला प्रहरी कार्यालयहरुमा नि:शुल्क टेलिफोन सेवा सुरु भएको छ । जसको नम्बर १०४ तोकिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: