
काठमाडौँ । भारतको सेन्ट्रल ब्यूरो अफ इन्भेस्टिगेसन (सीबीआई)ले ७० अर्ब भारु अर्थात् नेपाली १ खर्ब १२ अर्ब रुपैयाँ बराबरको बैंक ठगीको प्रकरणमा ३५ वटा मुद्दा दर्ता गरेको छ । सीबीआईले आरोपीहरुको नाम भने सार्वजनिक गरेको छैन ।
सीबीआईले भारतको आन्द्रप्रदेश, चण्डिगढ, दिल्ली, गुजरात, हरियाना, कर्नाटक, केरला, मध्यप्रदेश, महाराष्ट्र, पञ्जाव, तमिलनाडू, तेलंगना, उत्तरप्रदेश, उत्तराखण्ड, दादार र नागर हवेलीमा कारबाही गर्यो ।
ठगी हुने बैंकहरुमा एसबीआई, पीएनपी, आन्द्रा बैंक, ओरियन्टल बैंक अफ कमर्स, इन्डियन ओभरसिज बैंक, इलाहाबाद, केनरा बैंक, देना बैंक, पञ्जाव एन्ड सिन्ध बैंक, सेन्ट्रल बैंक अफ इन्डिया, युनियन बैंक अफ इन्डिया, आईडीबीआई बैंक, बैंक अफ बडोदरा, बैंक अफ महाराष्ट्र, बैंक अफ इन्डिया रहेका छन् ।
सीबीआईले आरोपीहरुको नाम भने सार्वजनिक गरेको छैन । दिल्ली, गुरुग्राम, चन्डिगढ, देहरादुन, नोयडा, बारामती, मुम्बई, ठाणे, सिल्वासा, कल्याण, अमृतसर, फरिदाबाद, बैंग्लरु, तिरुपुर, चेन्नाई, मदुरई, क्विलान, कोचिन, भावनगर, सुरत, अहमदाबाद, कानपुर, गाजियाबाद, भोपाल, वाराणसी, चन्दौली, भटिन्डा गुरुदासपुर र दिल्ली लगायतका ठाउँमा सीबीआईले खोजतलास गरिरहेको छ । (एजेन्सी)
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्