समाचार टिप्पणी
काठमाडौँ । गोकुल बाँस्कोटा ७० करोडको प्रकरणमा फसाइए र अन्तत: उनले राजिनामा दिइ सकेका छन् । अहिले आगो बलेका बेला अधिकांसले उनलाई गाली गरेका छन् । भ्रष्टाचार भएको हो वा होइन भन्ने एकिन नहुँदै उनले नैतिकताका आधारमा आफ्नो पद छोडेका छन् । तर उनको ठाडो बोली र यो प्रकरणलाई एक पटक साइड लगाएर उनले आफ्नो मन्त्रालय अन्तर्गत श्रमजिवीका लागि गरेको काम भने कम्ती सराहनीय छैन ।
उनकै निर्देशनमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सबै सञ्चार प्रतिष्ठानले श्रमजीवी पत्रकारलाई बैंकिङ प्रणालीमार्फत पारिश्रमिक भुक्तानीको व्यवस्था मिलाए पश्चातमात्र सरकारीस्तरबाट प्रदान गरिने सेवा सुविधा प्रदान गर्ने व्यवस्था मिलाउन सूचना विभागलाई निर्देशन दिएको थियो । जसका कारण नक्कली पत्रकारहरु सिंहदरबार वरपर देखिन छोडेका थिए । उनकै पहलमा श्रमजिवीले तोकिएको पारिश्रमिक पाएका थिए ।
सानो काम गर्न पनि अनेक खालका झन्झट हुने देखिए उनले त्यसलाई चिरेरै अगाडी बढ्थ्ये । एफएमको उद्घाटन गर्न सूदूरपश्चिमसम्म पुग्थे । आम श्रमजिवीका लागि हकहितमै काम गर्थ्य । बोली ठाडो भएपनि उनी राम्रा कुरा मनमा लिन्थे र त्यसलाई कार्वान्वयन गराउँथे । मिडिया काउन्सिल विधेयकमा उनले गरेको पनि यहि थियो । अन्तत: सबैको सुझाव समेटिएको थियो । नेपाली पत्रकारितामा चलेको गलत ट्रेन्डबारे थाहा पाएका उनले यस विषयमा खरो उत्रिएर बोल्थे । जनताले दुइ तिहाइ मत दिएर बनेको सरकारलाई कहिलेकाहीं उनकै शब्द सापटी लिएर भन्दा अरुले हेप्न थालेपछि उनी ‘हेप्नी ?’ भन्थे ।
हो, भ्रष्टाचार भएको छ भने त्यसको साँचो कुरा बाहिर आउनुपर्छ । तर आरोप लगाएकै आधारमा गोकुल बाँस्कोटाले गरेको राम्रो काम पक्कै भुल्नु हुँदैन । अझ गोकुल बाँस्कोटा आफ्नो क्षेत्रमा कति प्रख्यात छन् भन्ने कुरा उनले पाएको मतबाट पनि थाहा हुन्छ । त्यसैले गोकुल बाँस्कोटालाई एकोहोरो गाली गर्नु र खुच्चिङ भन्नुभन्दा उनका राम्रा कामलाई पनि राम्रो भन्न पछी पर्नु हुँदैन ।