
काठमाडौं- अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनको घोषणापछि नेपाली विद्यार्थीहरु प्रभावित हुने देखिएको छ। मरिसनले अष्ट्रेलिया आएको एक वर्ष नपुगेका विद्यार्थी आफ्नो देश फर्किन सक्ने बताएपछि विद्याथीहरु संकटमा परेका हन्। कोरोना भाइरसका कारण त्यहाँ रहेका धेरै विद्यार्थीहरुले आफ्नो जागिर गुमाएका छन्। जसका कारण पनि नेपाली विद्यार्थीहरुलाई अप्ठ्यारो स्थिति पैदा भएको छ। अधिकांस नेपाली विद्यार्थीहरुले होटल रेष्टुरेन्टमा काम गर्ने गर्छन्। तर अहिले कार्यस्थल बन्द हुँदा उनीहरुले काम गुमाउन परेको छ।
अष्ट्रेलियामा करिब ५५ हजार नेपाली विद्यार्थी रहेका छन्। कोरोनाका कारण ३० हजार बढी विद्यार्थीले आफ्नो काम गुमाइसकेको त्यहाँ अध्ययनरत सन्तोष लामिछानेले नागरिकलाई बताए। ‘यहाँको लकडाउन अझै २र३ हप्ता यस्तै हुने हो भने केही विद्यार्थी सडकमै आउन पर्ने अवस्था सिर्जना हुनसक्छु, उनले भने, ‘नेपाल सरकारले विद्यार्थीको लागि घर फर्किने बाटो खुला गरिदिए उनीहरु फर्किन सक्थे।’
कोरोना भाइरसका कारण त्यहाँ रहेका धेरै विद्यार्थीहरुले आफ्नो जागिर गुमाएका छन्। जसका कारण पनि नेपाली विद्यार्थीहरुलाई अप्ठ्यारो स्थिति पैदा भएको छ। अधिकांस नेपाली विद्यार्थीहरुले होटल रेष्टुरेन्टमा काम गर्ने गर्छन्। तर अहिले कार्यस्थल बन्द हुँदा उनीहरुले काम गुमाउन परेको छ। शिक्षामन्त्री गिरिराजमणी पोखरेलले मन्त्रालयले यस विषयमा अष्ट्रेलिया स्थित नेपाली राजदूतसँग कुरा गरिरहेको बताए। ‘आज विहान त्यहाँका प्रधानमन्त्रीको भनाई सार्वजनिक भएपछि हामीले यसबारे कुरा गरिरहेका छौुं, उनले भने, ‘परराष्ट्र सचिवसँग पनि कुरा भएको छ। आवश्यक परेको खण्डमा उच्चस्तरीयरुपमा कुटिनीतिक पहल गर्छौं। ‘तत्काल नेपाली विद्यार्थीलाई फिर्ता ल्याउन सम्भव नहुने उनले बताए। गैरआवासीय नेपाली र विद्यार्थीलाई अष्ट्रेलिया पठाउने संस्थाहरुसँग पनि कुरा गरिरहेको र विद्यार्थीलाई सहयोग गर्न आग्रह गरेको उनले बताए। नयाँ शैक्षिक सत्रका लागि अनुमति लिएका विद्यार्थीको लगत निकाल्ने काम भइरहेको मन्त्री पोखेलले बताए।
प्रधानमन्त्री मरिसनले शुक्रबार अष्ट्रेलियाको भिसा सर्तमा एक वर्ष आफुले आफैलाई सहयोग गर्न सक्ने सर्त भएको र अप्ठ्यारो अवस्थामा परेकाहरु स्वदेश फर्कन सक्ने बताएका थिए। तर उनको यो भनाईको अष्ट्रेलियामा नै विरोध सुरु भएको छ। प्रतिपक्षी दल अस्ट्रेलियन लेबर पार्टीले प्रधानमन्त्रीको यस भनाईको विरोध गरेको छ। दुस्खको बेला उनीहरुलाई घर जाउ भन्नु भन्दा सहयोग गर्नुपर्ने विपक्षीको भनाई छ।
नेपाली विद्यार्थी १५ देखि २५ लाखसम्म खर्चेर अष्ट्रेलिया पुग्ने गर्छन्। एक जनाको साप्ताहिक खर्च करिव ४ सय ५० डलर हुने गर्छ। काम खोसिएको अवस्थामा त्यो नेपाली विद्यार्थीको लागि निकै मस्किलको कुरा भएको लामिछानेले बताए। होस्टलमा बस्ने विद्यार्थीहरु अझ समस्यामा परेका छन्। होस्टल खाली हुँदा उनीहरु साथीहरुको शरणमा पुग्न परेको छ।
अष्ट्रेलियाका प्रधानमन्त्रीको यस्तो भनाई आएपछि त्यहाँ लामो समय प्रध्यापन गरेका उत्तमबाबु श्रेष्ठले फेसवुकमा लेखेका छन्, ‘अष्ट्रेलियाको प्रधानमन्त्री स्कट मरिसनले विद्यार्थी र भिजिट भिसामा अष्ट्रेलिया वसिरहेकाहरूलाइ बस्न नसक्ने भए आफ्नो घर जानु भनेर भनेछन् यस्तो संकटको बेला। शिक्षाको व्यापार गर्ने बनियाँबाट यो भन्दा तल्लो कुरा के खोज्नेरु अन्तराष्ट्रिय विद्यार्थीहरूले अष्ट्रेलियाको इकोनोमीमा गत बर्षमात्रै ३४ विलियन डलर योगदान गरेका थिए।’
अष्ट्रेलियामा अहिले विद्यार्थीहरुले फेब्रुअरीको शैक्षिक शूल्क बुझाई सकेका छन्। उनीहरु घर फर्किन परेको अवस्थामा विद्यार्थीले बुझाएको शूल्क के हुने भन्नेबारे भने अष्ट्रेलिया सरकारले केही भनेको छैन। सरकारले आफ्ना नागरिक र अन्य कामदारको लागि प्याकेज ल्याए पनि अन्तराष्ट्रिय विद्यार्थीको शैक्षिक शूल्कमा सहुलियत वा मिनाहाबारे केही बोलेको छैन। नेपाल सरकारले भने विदेशमा अध्ययनरत विद्यार्थीको लागि नेपालबाट पैसा पठाउन सकिने व्यवस्था गरेको बताएको छ। नागरिक ‘न्युज’बाट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्