
- अर्थ सरोकार बीमा ब्युरो
काठमाडौँ – बीमा समितिले कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी बीमालेख आइतबारदेखि औपचारिक रुपमा जारी गरेको छ । बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले आइतबार कोरोना भाइरस (कोभिड–१९) रोग सम्बन्धी पहिलो बीमालेख खरिद गरी औपचारीक सुरुवात गरेका हुन् । अध्यक्ष चापागाईंले कोरोना भाइरस महामारीको रुपमा आएको र सानो रकमबाट भएपनि संक्रमणमा परेका व्यक्तिलाई आर्थिक सहयोग होस भन्ने उद्देश्यले बीमालेख जारी गरिएको बताए । कोरोना भाइरस संक्रमण पछिको उपचार सरकारले गर्ने भएपनि संक्रमित व्यक्तिको आर्थिक स्थितिलाई ध्यान दिएर बीमा लेख जारी गरिएको उनले बताए ।
कुनैपनि नेपाली नगारिक, परिवार एवं संस्थाले आफ्ना सदस्यहरुको व्यक्तिगत वा समुहिक बीमा गर्न सक्ने अध्यक्ष चापागाईंले बताए । उनले लकडाउनको अवस्थामा पनि सजिलै पोलिसी खरिद गर्न सकिने बताए ।पोलिसी खरिदका लागि मडिकल र वित्तीय अण्डरराइटिङको आवश्यकता नपर्ने भएकाले पनि अनलाइनमार्फत खरिद गर्न सकिने बताउदै उनले इन्टरनेटको पहुँच नभएको ठाउँमा समेत निर्जीवन बीमा कम्पनीहरुले काम गर्दै आएका कृषि बीमा तथा घुम्ती बीमामार्फत बीमा विक्री गर्ने व्यवस्था मिलाइएको पनि बताए ।
बीमा पोलिसी खरिद गरेको १५ दिन पछि एक वर्षसम्म पीसीआर प्रविधिबाट कोरोना भाइरस संक्रमण भएको प्रभाणित भएमा बीमा दाबी गर्न सकिने अध्यक्ष चापागाईंले बताए । यस्तै कोरोना भाइरस (कोभिड–१९) बीमा बीमालेख घातक रोग सरह भएको र उक्त बीमालेखलाई दुई श्रेणीको बीमाङ्कमा कायम गरिएको बताए । पहिलो बीमालेख १ लाख रुपैयाँको बीमाङ्कको छ भने उक्त पोलिसि खरिद गर्नका लागि प्रतिव्यक्ति १ हजार रुपैयाँ लाग्नेछ । यस्तै पारिवार वा संस्थागत रुपमा बीमा गरिन्छ भने प्रतिव्यक्ति ६ सय रुपैयाँ लाग्नेछ । यस्तै दोस्रो बीमालेख ५० हजार रुपैयाँको छ ।
उक्त बीमालेख खरिद गर्न प्रतिव्यक्ति ५ सय रुपैयाँ र परिवार वा संस्थाको सम्पूर्ण सदस्यको सामुहिक बीमा गर्न प्रतिव्यक्ति ३ सय रुपैयाँ लाग्नेछ । बीमा दाबीका लागि बीमा सुरु भएको १५ दिनसम्म प्रतिक्षा अवधि रहेको छ । यस बीमालेखको व्यवस्थापन लघुबीमा अन्तर्गत मौजुदा लघु बीमा पुलमार्फत हुनेछ । यस्तै बीमालेख सबै निर्जीबन बीमा कम्पनीको वेबसाइट मार्फत तथा आइएमई पे मार्फत सिधै खरिद गर्न सकिनेछ । नेपालमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीको ८० प्रतिशत र नेपाल पुनर्बीमा कम्पनीको २० प्रतिशत दायित्व हुने गरी बीमा पुल मार्फत पोलिसी सञ्चालन गरिएको अध्यक्ष चापागाईंले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्