×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउन प्रभाव : भन्सार राजस्वमा ६७ प्रतिशत कमी, अर्थतन्त्रमा गम्भीर असर पर्ने संकेत

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

लकडाउन प्रभाव : भन्सार राजस्वमा ६७ प्रतिशत कमी, अर्थतन्त्रमा गम्भीर असर पर्ने संकेत

Artha Sarokar

४ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । लकडाउन बढ्दै जाँदा मुलुकको राजस्व संकलनमा धक्का लागेको छ । भन्सार विभागको विवरण अनुसार लकडाउन अवधिमा जम्माजम्मी दुई अर्ब राजस्व संकलन भएको छ । चैतको राजस्व संकलन कुल लक्ष्यको ३३ प्रतिशत मात्रै भएको भन्सार विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए । चैतमा भन्सारको संकलन लक्ष्य ३६ अर्ब थियो तर, अहिलेसम्म १२ अर्ब मात्रै संकलन भएको छ । 
राजस्व संकलनमा ६७ प्रतिशत कमी आएको छ । संकलित राजस्वको ठूलो हिस्सा पनि लकडाउनअघिको १० दिनको हो । ‘चैत १ देखि १० गतेसम्म १० अर्ब राजस्व उठ्यो तर लकडाउन सुरु भएको ११ देखि ३० गतेसम्म २ अर्ब मात्रै संकलन भयो,’ महानिर्देशक दाहालले भने ।
विभागका अनुसार चैत्रको लकडाउन अवधिमा २ अर्ब ८५ करोड ६७ लाख ७६ हजार ४४९ रुपैयाँ मात्रै राजस्व उठेको छ । यस अवधिमा तरकारी, पेट्रालिय र औषधिको आयात बढी मात्रामा भएको र यसमा भन्सार दर निकै कम रहेको विभागले जनाएको छ । 
औषधि र स्वाथ्य सामाग्रीमा भन्सार नलाग्ने तथा तरकारीमा ५ प्रतिशत मात्रै भन्सारदर हुने कारणले राजस्व घटेको विभागले जनाएको छ । कलडाउन अवधिमा भैरहवा, विरगन्ज, विराटनगर, नेपालगन्ज, मेची, जलेश्वर र कृष्णनगरबाट जम्मा ६ हजार ६ सय २८ सवारी साधन भन्सार प्रवेश गरेका छन् । 
सरकारी तलब र खार्चको मुख्य स्रोतमा कोरोना प्रहार पछि चिन्ता थपिएको भन्सार विभागका महानिर्देशक सुमन दाहालले बताए । लकडाउन अवधिमा २० वटा भन्सार कार्यालयबाट आयात निर्यात भएको छ । जनकपुर भन्सारबाट भने कारोबार शून्य रहेको विभागले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी