×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘कोरोनाको संकटमा सरकारले सुपरमार्केटहरुलाई विश्वासमा लिएर चाल्नुपर्ने कदम’ किशोर सुवेदीको लेख

  • किशोर सुवेदी 
अहिले विश्वभरि कोरोना भाइरसले त्रास मच्चाईरहेको छ । अझ प्रष्ट भाषामा सबैले बुझ्नेगरी भन्ने हो भने धीमा गतिमा विश्व अर्थतन्त्र ओरालो लागिरहेको छ । यही अर्थतन्त्र बचाउनको लागि विश्व भरीका सबै ठूला, साना, धनी, गरीब, एशियन, अफ्रिकन, अमेरिकन र युरोपियन देशहरु एकजुट भइ कोरोना भाइरसकाविरुद्ध आफ्नो स्रोत, ,ज्ञान र प्रविधिले भ्याएसम्म लडिरहेका छन् । आशाका साथै कामना गरौं,  हामी सबैले कोरोना भाइरसविरुद्धको लड़ाई सक्दो चाँडो जित्नेछौं । कोरोना भाइरसले निम्त्याएको यो महामारी पछिलो सयवर्षको अवधिमा भोगिएको सबैभन्दा ठूलो ‘प्यान्डेमिक’ हो । यो भन्दा पहिला सन् १९१८/२० ताका ‘स्पानिस फ्लु’महामारीका कारण झण्डै ५० करोड मानिस संक्रमित भएका थिए र कम्तिमा ५ करोड मानिसले ज्यान गुमाउनु परेको थियो । जसले गर्दा त्यसताका विश्व अर्थतन्त्रमा ठुलै गिरावट आएको थियो । त्यस पश्चात विश्व अर्थतन्त्र र अर्थव्यवस्थालाई सामान्य अवस्थामा ल्याउन धेरै लामो समय लागेको थियो । 
अहिले नै विश्व अर्थतन्त्रमा सन् १९१८/२० ताका झै ठूलो गिरावट त नआउला तर हामी सबैले बुझ्नुपर्ने र भुल्नु नहुने कुरा के हो भने सन् १९१८/२० देखि सन् २०१९/२०२० सम्म आइपुग्दा विश्व अर्थतन्त्र निकै ठूलो र फराकिलो भइसकेको छ । साथै विश्व जनसङ्ख्या २ अर्बबाट बढेर ७ अर्ब नगिसकेको छ । त्यसको ठूलो हिस्सा हाम्रो छिमेकी देशहरुमा रहेको छ । अब आफैं अनुमान गर्नुहोस्, यदि भविष्यमा यी छिमेकी देशलगाएत अन्य सार्क राष्ट्रमा खाद्य संकट आए कस्तो हालत होला। त्यस माथि हाम्रो देश नेपाल अहिले सम्म पनि ठूलो मात्रामा धान, चामल, मकै ,चीनी, दाल, गेडागुडी जस्ता खाद्यन्य भारतलगायत अन्य देशबाट हुने आयतमा निर्भर छ। 
मानौं यदि कोरोना भाइरसले भारतमा पनि इटलीमा झैं ठूलो मात्रामा संकट निम्त्यायो भने, उसले जसरी अहिले अति आवस्यक औषधि लगायत कोरोना भाइरस विरुद्ध लड्न चाहिने मेडिकल इक्विपमेटको निर्यातमा रोक लगाएको छ, त्यसरी नै उसले आफ्नो देशभित्र चाहिने खाद्य पदार्थको सप्लाई चेन व्यवस्थापन गर्नका लागि भोलिका दिनमा निर्यातमा रोक लगाउन सक्ने छ । त्यसले हाम्रो देशमा ठूलो खाद्य संकट निम्ताउनेछ । विगतका नजिर हेर्दा भारतले त्यस्तो नगर्ला भने ठाउँ पनि छैन । त्यसैले सरकारले बेलैमा यतातिर ध्यान दिनु जरुरी छ। साथै सरकारले देश भित्रको सप्लाइ चेन लाई पनि मजबुद बनाउन तिर लाग्नु र् पर्छ।अहिले कोरोना भाइरसले विश्व अर्थतन्त्रका सबै जसो सूचाङ्क र व्यवस्थाहरू लाई जरै देखि हलाइरहेको छ । यसको सबै भन्दा ठूलो प्रभाव सेवा क्षेत्रमा परेको छ।प्रायः जसो सबै सेवा क्षेत्रहरू धरासायी भएका छन्, बन्द छन्।यिनै सेवाहरु मध्ये सप्लाइ चेन को व्यवस्थापन गर्नु पनि एक सेवा क्षेत्र हो । 
आज म यहाँ तपाईंहरूलाई यो संकटको घडीमा सरकारले खाद्य पदार्थको सप्लाइ चेन कसरी व्यवस्थित गर्न सक्छ भने बारेमा बताउन गइरहेको छु।हामी सबैलाई थाहा भएकै कुरा हो कोरोना भाइरसले खाद्य पदार्थको सप्लाइ चेनलाइ पनि तहस नहस बनाएको छ। त्यसै कारणले गर्दा हामीले अहिले सजिलै किराना पसलहरुमा आफुले खोजेको सर सामानहरू पाउँदैनौं । कोरोना भाइरसले यसलाई धेरै मात्रामा प्रभावित बनाइरहेको छ।भोलिका दिनमा अजै धेरै मात्रामा प्रभाव तुल्याउने सम्भावना प्रवल छ।त्यसैले सरकारले यस तर्फ समय छँदै विचार पुर्याउन जरुरी छ। विश्वनै कोरोना भाइरससगँ लडिरहेको यो अवस्थामा अब खाद्य संकट आउँदै छ भने मेरो अनुमान रहेको छ।यस कारण सरकारले बेलैमा छिमेकी देशको अवस्था र मनोविज्ञान बुझि भोलिका दिनमा आइपर्न सक्ने खाद्य संकटको हल तुरुन्त खोज्न जरुरी छ । 
यसको लागि सरकारले जति सक्दो चाँडो आफ्नो सप्लाइ चेन सिस्टम लाइ बलियो बनाई फिल्डमा उतार्नु पर्दछ। तर अहिलेको येथार्थ ठीक उल्टो छ। यो लेख्नु पर्दा दुःख लागेको छ तर यथार्थ यहिनै हो। हाम्रो देशमा खाद्य सामग्रीहरुका लागि सप्लाइ चेनकाे खम्बाहरू भनेर चिनिने खाद्य संस्थान लगायत सम्बन्धित सरकारी संस्थाहरु जो यो कामसँग सरोकार राख्छन अहिले त्यति सक्रिय भएको देखिँदैन।साथै अहिले बजारमा कहलिएका सुपर मार्केट र सुपर स्टोरहरु पनि प्रायः निष्क्रिय देखिन्छन् । अहिले तिनीहरूले आफ्नो क्षमताको १०% भन्दा पनि कम काम गरिरहेका छन भने आभास हुन्छ। जब कि तिनीहरूले यो संकटको घडीमा उनीहरूले आफ्नो क्षमता भन्दा बढी काम गरिदेखाउने बेला आएको छ । त्यसैले सरकारले उनीहरूलाई बेलैमा जिम्वेवारी दिएर अघि बढावस् । तर वास्तवमा सरकार अहिले रनभुल्लमा परेको छ, के गर्ने के नगर्ने निर्णय गर्न सकिराखेको छैन । 
सुपर स्टोर र सुपर मार्केटलाई अहिले निजामती प्रशासन र पुलिस प्रशासनले बन्धि बनाएर राखी रहेका छन। उनीहरुको निर्णयको चेपुवामा परिरहेका छन्। यता पुलिस प्रशासन बन्द गर भनिरहेका छन भने,उता निजामती प्रशासन खोल भनिरहेका छन् । सरकार जनतालाई यिनै सुपरमार्केट देखाउँदै चिन्ता नलिनुहोस् हाम्रो देशमा भएका ठूलाठूला सुपर मार्केट र सुपर स्टोरहरुले तपाईंहरुको समस्या तु दूर गरिदिन्छन भनेर फलाकी रहेको छ। जबकि प्रायः सबै सुपर स्टोर र सुपर मारकेटहरु अलमलमा परेर हुन की,कोरोनाको डरले हुन भए भरका आफ्ना सबै शाखाहरूको गेट बन्द गरी बसिरहेका छन। यसलाई सरकारले माल पाएर नी चाल नपाएकाे भनम कि सुपर मार्केट र सुपर स्टोरहरुले यही बेला जनताको घर घर पुग्न सकिन्छ भने चाल पाएर नी बेच्ने माल नपाएका हुन् दैव जानुन्न । तर दुवै सरकार र सुपर मार्केट /स्टरेले एक अर्काको चाल नपाएका हुन भने मेरो विचारमा निम्न तरिकाले यो परिस्तिकाे हल गर्न सकिन्छ। अहिले मेरो विचारमा सरकार र सुपर मार्केटहरुले निम्न लिखित कुरामा हातेमालो गरेमा अहिले उत्पन्न भएको संकटको हल पनि गर्न सक्थे।जनता बाट जस् पनि पाउन सक्थे । अजै भन्ने हो भने सुपर मार्केटहरुलाई त यो होलसेल मार्केटको नाडी छाम्ने बम्पर मौका मिलेको भन्छु म त। छोडिदिउ अहिले लाई यी यावत कुराहरू, लागौँ विषयवस्तु तिर जहाँ हामी कुरा गर्ने छौ सरकारले चाहेमा यस्तो संकटको घडीमा पनि कसरी सहर बजारका मानिसलाई चाहिने अति आवश्यक खाद्य सामग्री लगायत दैनिक प्रयोगमा आउने सामानहरूकाे सप्लाइ चेन मेन्टेन गरी राख्न सक्छ भन्नेतर्फ। 
यसको उत्तर हुन्छ :
१. हामी सबैलाई अवगत नै छ अहिले नेपाल सरकारले कोरोना भाइरसको सङ्क्रमण रोक थामका निमित्त देशव्यापी लकडाउन गरेको छ।सरकारको यो निर्णय हामी सबैले मान्नु मै कल्याण छ । यो हामी सबै नागरिकको कर्तव्य पनि हो। अजै यो लकडाउन कति समय सम्मका लागि लम्बिने हो त्यो हामीलाई थाहा छैन। यो अवधिमा अति आवश्यक दैनिक उपभोग्य बस्तुको संकट निकट भविष्यमा अवश्य पर्ने छ।त्यसैले बेलैमा लकडाउन काे समय अवधि सम्मको लागि भाटभटेनी, Sales berry. Saleways, K&K, Big Mart जस्ता ठूलो क्षमता र सञ्जाल भएका supper market/super store हरुलाई होलसेलरकाे अधिकार दिनु मनासिव होला।यो अधिकार प्रयोग गरी उनीहरूले केवल किराना पसलहरुलाई मात्र सामान बेच्न सकून्। 
साथै उनीहरुलाई दिइएको रिटेलरकाे अधिकार तत्कालको लागि निलम्बन गर्नु फाइदाजनक होला। यो गर्न किन जरुरी छ भने यसले गर्दा super market/super store मा जाने ग्राहकको सङ्ख्यामा ८०/९० प्रतिशत कटौती गर्ने छ। जसले गर्दा कोरोना भाइरस सङ्क्रमणकाे जोखिम पनि निकै कम गर्न सकिन्छ।साथै आम जनताले खाद्य संकट पनि भोग्नु पर्दैन। उनीहरूलाई अधिकार दिँदा ठुलो मात्रामा सुरक्षित तवरले भन्सार बिन्दु वा सम्बन्धित उद्योगको गोदामबाट सामान ल्याइ सुपर स्टोर/सुपर मार्केट काे सहर बजारमा रहेको आफ्-आफ्नो गोदाममा भण्डारण गरी राख्नेछन् र माग अनुसार किराना स्टोर र किराना पसलहरुलाई सप्लाइ दिन सक्नेछन्। यो कार्य गर्नका निमित्त उनीहरूसँग ठूलो मात्रामा सामान राख्ने गोदामहरु प्रसस्त संख्यामा छ। अपुग भएमा थप गोदाम व्यवस्था गर्ने क्षमता पनि राख्दछन्।साथै उनीहरूसँग प्रसस्त मात्रामा ढुवानी गर्ने सवारी साधन पनि हालको अवस्थामा मौजात छ। यदि उनीहरुलाई ढुवानी गर्ने सवारी साधनहरु केही संख्यामा अपुग भएको खण्डमा सरकारले सहयोग गर्नुपर्दछ। थप अपुग भएको खण्डमा उनीहरूले अस्थायी करारनामा गराई भाडामा पनि लिन सक्ने क्षमता राख्दछन्।
२. हामी सबैलाई थाहा भएकै कुरा हो COVID-१९ एक सरुवा रोगका साथै प्राणघातक‌ रोग पनि हो ।त्यसैले सुपर स्टोर/सुपर मार्केटमा काम गर्ने कर्मचारीहरु र स्टोर/मार्केट मा सामान किन्न आउने ग्राहकहरुको स्वास्थ्य प्रति संवेदनशील हुन दुवै पक्ष जरुरी छ ।यसको लागि सरकार सुपर मार्केट/सुपर स्टोरका अधिकारीहरू मिली कर्मचारीहरुको रगत र र्यालको sample लिइ कोरोना भाइरस टेस्टको व्यवस्था मिलाउन सकिन्छ। सो टेस्ट पश्चात उनीहरू प्रत्येकलाई अलग अलग कोठामा खाने बस्ने व्यवस्था मिलाउनु पर्दछ। यसको लागि उनीहरूले सजिलै खाली होटल वा गेस्ट हाउस लिन सक्छन जहाँ इन्टरनेट र attach toilet bathroom काे व्यवस्था भएको हुनुपर्दछ साथै उचित सुरक्षाको पनि व्यवस्था हुनुपर्दछ ।यसका साथै कर्मचारीहरुलाई घर जान,बाहिरफेर घुमफिर गर्न , घर परिवारका सदस्यलाई नजिक बाट भेट्न प्रतिबन्ध लगाउनु पर्दछ।उनीहरुलाई होटल/गेस्ट हाउसबाट सिधा कार्य स्थल र कार्य स्थलबाट सिधा होटल/ गेस्ट हाउस मात्र जान पाउने गरी सुरक्षाको कडा व्यवस्था गर्न सकिन्छ।
सबै कर्मचारीहरुलाई उनीहरुको कामको प्रकृति हेरेर सरकार र कम्पनीका अधिकारीहरू मिली अधिकतम PPE को व्यवस्था गरिदिनु पर्दछ। निश्चित दिन पश्चात मात्र डाक्टरको सल्लाह अनुसार गोदामसम्म र गोदामबाट सामान ओसार पोसार गर्ने व्यवस्था मिलाइनु पर्दछ। ताकी कोरोना भाइरसको सङ्क्रमित हुन् बाट कर्मचारीहरुलाई जोगाउन सकियोस। यसका साथै सुपर स्टोर/सुपर मार्केट मा सामान किन्न आउने ग्राहकहरुलाई सर सामानहरू किन्दा केवल हेर्न र अर्डर गर्न मात्र पाइने ,छुन नपाइने नियम कडी कडाऊ तरिकाले लागू गर्नु पर्दछ। साथै उनीहरूलाई यो अवधिमा बेचेको सामान फिर्ता नलिने व्यवस्था गरिनु पर्दछ। यसको अलावा विलिङ गर्दा निश्चित दूरी कायम गरेर मात्र सामान विच्ने/किन्ने व्यवस्था मिलाउनु पर्दछ।
यसको अलावा सरकारले तिनै तहको सरकार र यी कामहरुसंग सरोकार राख्ने सरकारी संस्थानहरुलाई बेलैमा सक्रिय तुलाई फिल्डमा उतार्नु पर्दछ।यसरी सहर बजारको खाद्य समस्याको हल सहर बजारमा रहेका सुपर स्टोर/सुपर मार्केट मार्फत गर्न सकिन्छ भने गाउँ र विकट बस्तीको खाद्य समस्याको हल सम्बन्धित सरकारी संस्थानहरूले गाउँ गाउँमा रहेको स्कूल, सहकारी र अन्य संस्थाहरु जो आम नागरिकसँग सिधै सरकार राख्दछन् उनीहरुको सहयोग लिएर सरकारले हल गर्न सक्छ।
माथि व्यक्त गरिएका कार्यहरू मेरो बुझाइमा तब सम्म सरकारले जारी राख्नु पर्दछ जब सम्म कोरोना भाइरसले निम्त्याएको यो महामारी हाम्रो देशबाट समाधान हुँदैन । कसैलाई माथि व्यक्त गरिएका कुरा सुन्दा निकै नराम्रो लाग्न सक्छ।यो त तानाशाही सरकारले चाल्ने कदम जस्तो भएनर भन्ने लाग्ला । मानिसको मानव अधिकार हन्न गर्न पनि कहीं पाइन्छ भन्ने पनि लाग्ला। तर अहिलेको यो विषम संकटको घडीमा यो नहीं उत्तम उपाय होला। यसो नगर्ने हो भने भोलिका दिनमा यो संकट अज लम्बिदै जाँदा सहर बजारमा दैनिक उपभोग्य खाद्य पदार्थ र सामानको चरम अभाव नहोला भन्न सकिँदैन। त्यसले समाजमा लूटपाट र अशान्ति निम्त्याउन सक्छ। साथै यस क्षेत्रमा काम गर्ने कर्मचारीको ज्यू ज्यानको रक्षा गर्न पनि निकै गाह्रो पर्नेछ।यी यावत् कारणले भोलिका दिनमा सरकार र सुपर स्टोर/सुपर मार्केटका अधिकारीहरुकाे बीचमा विश्वासको वातावरण विकास गर्न गाह्रो पर्ला। साथै सहयोगको आदान प्रदान पनि रोकिएला।भोलिका दिनमा देश कोरोना भाइरससगँ लडी रहँदा देशैमा चरम खाद्य संकटले अर्को नयाँ समस्या उत्पन्न गर्न सक्ला। त्यसैले बेलैमा सरकारले बुद्धि पुर्याएर सुपर स्टोर र सुपर मार्केटसगँ सहकार्य गरी अघि बढोस्। तिनै तहको सरकार र यो कामसँग सरोकार राख्ने सम्बन्धित सरकारी संस्थानहरुलाई पूर्ण रुपमा सक्रिय बनाई बेलैमा अघि बढोस् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: