×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गभर्नरलाई बधाईका नाममा चाकडीको ‘महा-उदाहारण’, ‘सनराइज बैंकले हद गर्यो, सिटिजन्स बैंकले लत्तो छोड्यो’

अर्थ सरोकार

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार

PRIME CA

गभर्नरलाई बधाईका नाममा चाकडीको ‘महा-उदाहारण’, ‘सनराइज बैंकले हद गर्यो, सिटिजन्स बैंकले लत्तो छोड्यो’

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । निकै मेधावी व्यक्ति महाप्रसाद अधिकारी गभर्नर बनेकोमा अधिकांस बैंकर खुसी छन् । हुन पनि साच्चै बैंकिङ बुझेका र निकै अनुभवी व्यक्ति गभर्नर बनेका छन् । उनीसँग राम्रो कामको आश राख्नेहरु पनि धेरै छन् । तर नियामकको चाकडी गरेरै बैंक चलाउनुपर्ने मानसिकता बोकेझैं केहिले भने हदै नाघेर शुभकामनाका नाममा चाकडी गरेको पाइएको छ । 
यो पहिलो उदाहरण हेरौँ
यो सनराइज बैंकले छापेको बधाई सन्देश हो । उनलाई बधाई दिंदा अंग्रेजीमा श्री महाप्रसाद अधिकारी भनिएको छ । जुन सरासर गलत छ । श्री नेपालीमा लेख्दा प्रयोग हुने उच्च आदारार्थी शब्द हो । भाषाविद् टंक थापा भन्छन्, ‘बैंकिङ क्षेत्रमा यो हदसम्मको चाकडी हुन्छ भन्ने थाहा थिएन । अंग्रेजीमा श्री लेख्न मिल्दैन ।’ यसो त उनको नामको अगाडी कसी दिएको उपाधि भएको भए श्री लेख्न सकिन्थ्यो । तर अधिकारी त्यस्तो व्यक्ति पनि होइनन् । बरु उनी सिए भएकाले उनको नाम अगाडी सिए. महाप्रसाद अधिकारी लेख्न मिल्थ्यो । तर चाकडी गर्ने नाममा सनराइज बैंकले हदैसम्मको चाकडी गर्यो ।
अर्को उदाहरण हेरौँ,
सिटिजन्स बैंकले त महाप्रसाद अधिकारी सर भनेर लेखिदिएको छ । यो पनि औपचारिक भाषा भन्दा बढी चाकडीको भाषा हो । बधाईमै सर भनेर सम्बोधन गरिएको सम्भवत: यो पहिलोपटक होला । ‘बधाई सन्देशमा संस्थाले कसैलाई सर भनेर लेख्न मिल्दैन । यो पनि चाकडीको हद भयो । यो त संस्थागत भाषामाथिको लत्तो छोडाइ र प्रहार भयो ।’ भाषाविद् टंक थापाले टिप्पणी गरे ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: