म्याग्दी । उजेली परियार । पोखरामा गण्डकी मेडिकल कलेजमा छोरी बिरामी भएर भर्ना भएकी छिन् र उनलाई पैसा चाहिएको छ भन्ने थाहा पाएपछि जलजला गाउँपालिका–८ नाइलीबाङबाट पैदल हिडेर पर्वतबेनीमा आइपुगिन् । बाटोभरी उनलाई एउटैमात्र शंका थियो, ‘यस्तो बेलामा बैंक खुल्ला ? बैंक खुलेपनि पोखरासम्म पैसा पुग्ला ? पुगेन भने छोरीको के हालत होला ?’ मनमा अनेक तर्कना बोकेर पर्बतबेनी पुगिन् उजेली ।
गाउँठाउँको मान्छे कसलाई चिन्नु ? कसलाई भन्नु । बैंक पुगेर उनलाई सिधै माथि जान आँट आएन । र त गार्डलाई भनिन् आफ्नो समस्या । गार्डले तुरुन्त बैंकका शाखा प्रबन्धक तुलसीराम आचार्यलाई उजेलीका कुरा सुनाए । तत्कालै प्रबन्धक आचार्यले शाखामार्फत उजेलीको समस्या समाधान गर्ने निर्देशन दिए ।
आफ्नो मुद्धतीमा रहेको केही पैसालाई निकालेर बैंककै कर्मचारीले रेमिट्यान्समार्फत तत्कालै पाउने गरी दिएको बैंकको सुविधाले उत्साहित भइन् उजेली । नत्र त गाउँठाउँमा भन्थे, ‘मुद्दतीमा राखेको पैसा झिकिहाल्न मिल्दैन । खास बैंकिङ ज्ञान नभएकी उनलाई यहि चिन्ता थियो । तर चिन्ताको निवारण भयो । ‘गेटमा बस्नुभएको बाबुले सहयोग गर्नुभयो, छोरीले पैसा पाउने गरी पठाइदिनुभयो’ उजेलीले भनिन् ।
छोरीले ‘पैसा हात पारें आमा’ नभनुन्जेल उनी बैंकमा बसिरहिन् । पदैल हिडेर बैंकसम्म आएकी उजेलीलाई कर्मचारीले खानेकुरा समेत दिए । बुढी आमालाई गरेको यस्तो व्यवहारले खुसी हुँदै उजेली भन्छिन्, ‘यहि भएर यो बैंकलाई साथी बैंक भनेको रहेछ ।’
‘पैसा लगेर पोखरा जानसक्ने अवस्था थिएन । बैंकले सबै व्यवस्था मिलाईदियो । अब छोरी निको भएर आउँछिन् भन्नेमा ढुक्क छु । गाउँमा गएर बैंकले दिने यस्तो सेवाबारे सबैलाई भन्छु ।’ उजेली मख्ख पर्दै गाउँ लागिन् ।
तस्विर : बेनी अनलाइन