×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘किटाणुनाशक औषधि छर्किंदा कोरोना मर्दैन बरु मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्छ’ : डब्ल्यूएचओ

LAXMI SUNRISE BANK

‘किटाणुनाशक औषधि छर्किंदा कोरोना मर्दैन बरु मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्छ’ : डब्ल्यूएचओ

४ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डौ । नेपाललगायत विभिन्न मुलुकमा सडक र बाटाहरुमा कोरोना संक्रमणमुक्त बनाउने नाममा विभिन्न किटाणुनाशक (रोगाणुनाश) औषधि छर्किने गरेको देखिन्छ । तर विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओले) यस्ता किटाणुनाशक औषधि छर्किंदा कोरोनाभाइरस नमर्ने बरु मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्न सक्ने चेतावनी दिएको छ ।
कोरोना महामारीलाई ध्यानमा राखेर डब्ल्यूएचओले शनिबार स्वच्छता र सतहको भाइसमुक्त गर्नका लागि एउटा गाइडलाइन जारी गरेको छ। जसमा स्पष्ट भनिएको छ कि किटाणुनाशक औषधि छिर्केर पनि कोरोनाभाइरस मर्दैन अर्थात् त्यस्ता औषधि कोरोनाभाइरस मार्न बेअसर हुन्छन् ।
डब्ल्यूएचओले सडक, बाटा र बजारहरुमा कोरोनाभाइरस वा अन्य कुनै भाइरस मार्न छिर्किने किटाणुनाशक औषधि प्रयोग नगर्न सुझाव दिएको छ। ‘यस्ता औषधिले भाइरस मार्ने होइन मानवस्वास्थ्यलाई झनै असर गर्छ किनकि धुलो र फोहोरमा यस्ता औषधिले काम गर्दैनन्।’
डब्ल्यूएचओले तयार पारेको गाइडलाइन यस्तो छ
सडक र फुटपाथमा कोरोनाभाइरस रहिरहेको हुँदैन ।
किटाणुनाशक औषधि छर्किंदा मानिसको स्वास्थ्यका लागि खतरनाक हुन सक्छ ।
कुनै पनि हालतमा मानिसलाई यस्ता किटाणुनाशक औषधि छर्किन डब्ल्यूएचओले सल्लाह दिँदैन ।
किटाणुनाशक औषधि शारीरिक र मानिसक रुपमा हानिकारक हुन्छ । 
यस्ता किटाणुनाशक औषधिले कुनै पनि संक्रमित व्यक्तिले हाछ्युँ गर्दा वा खोक्दा फैलिने संक्रमणलाई रोक्न सक्दैन ।
यस्ता किटाणुनाशक औषधिले आँखा, छालामा जलन उत्पन्न गर्नुका साथै श्वास लिन पनि समस्या आई मानिस बिरामी पर्न सक्छन् ।

किटाणुनाशक औषधि प्रयोग
डब्ल्यूएचओ घरभित्र किटाणुनाशक औषधि नछर्किन पनि चेतावनी दिएको छ । यदि किटाणुनाशकको प्रयोग गर्ने नै हो भने पनि कुनै कपडामा भिजाएरमात्र पुछ्न डब्ल्यूएचओले सल्लाह दिएको छ । 
विश्वभर ३ लाख बढी मानिसको ज्यान लिइसकेको यो भाइरस सतह वा कुनै चिजमा मौजुद रहन सक्छ। यद्यपि यसबारेमा कुनै पक्का जानकारी भने छैन कि यो भाइरस कति दिनसम्म सतहमा जीवित रहन्छ । – एजेन्सी
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी