×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनालाई नपत्याउने कञ्चनपुरको भिड, ११ तस्विरमा हेर्नुहोस् मास्कबिनै बजार कुद्नेको हुल ! (फोटो-कथा)

PRIME CA

कोरोनालाई नपत्याउने कञ्चनपुरको भिड, ११ तस्विरमा हेर्नुहोस् मास्कबिनै बजार कुद्नेको हुल ! (फोटो-कथा)

२९ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • सुदर्शन श्रेष्ठ/अर्थ सरकोकार सुदूरपश्चिम ब्युरो 

धनगढी । विश्वभर आतंक मच्याएको कोरोना भाइरसको महामारीका बेला कञ्चनपुरको सतर्कता भने शून्य रहेको छ । लगातार संक्रमितको संख्या बढ्दै गईरहेका बेला कञ्चनपुरको मुख्य बजार तथा व्यापारीक नाकाको रुपमा रहेको महेन्द्रनगरमा सर्वसाधरणको चाप भने बढ्दो रहेको छ । 

कोरोना महामारीका बेला अर्थ सरोकारको टिम रिपोर्टिङ्गका लागि कैलाली कञ्चनपुरका विभिन्न ठाउँमा पुग्दा कञ्चनपुरको मुख्य व्यापारीक क्षेत्रको रुपमा स्थापित भएको झलारी र महेन्द्रनगर क्षेत्रमा सर्वसाधरणको चाप उदेग लाग्दो देखिएको थियो । यी बजारहरुमा सर्वसाधरणहरु खुलेयाम निर्धक्कसँग घुम्ने गरेको देखिन्छन् । कतिपयले त अतिआवश्यक मानिने मास्कको प्रयोग समेत गरेका छैनन् । यसरी खुलेयाम रुपमा घुम्ने र चहलपहल बढ्दै जाने हो भने जोखिम उच्च हुने स्थानिय व्यापारी खडक सिंहले बताए । 

यसै क्रममा हामीले बिना मास्क हिँडिरहेको देखेपछि स्थानिय विर गोतामेलाई प्रश्न गर्यौँ । हाम्रो प्रश्नमा उनको जवाफ थियो, ‘खासै काम केहि थिएन त्यत्तिकै बजारतिर घुम्न निस्किएको हो ।’ यसरी मास्कबिना हिँडदा कोरोना लाग्दैन र ? भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘सबैले मास्क लगाएको देख्नुभएको छ र ?’ उनको यस्तो जवाफले उनि आफैलाई जोखिममा पारीरहेको थियो । यसो त महेन्द्रनगर आफैमा भारतसँग सिमाना जोडिएको र दैनिक नेपाल भित्रिने नागरिकहरु सोहि बाटो भएर गन्तव्यसम्म पुग्ने गर्दछन् । यसअघि संक्रमणको जोखिम उच्च भएको भन्दै केहि दिन अगाडी कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर शिल गरिएको थियो । 

पटक पटक आफुहरुले आग्रह गर्दा गर्दैपनि सर्वसाधरण नै अटेर गर्नेगरेको स्थानिय तहको भनाई रहेको छ । कञ्चनपुरको महेन्द्रनगरमा देखिएको उदेग लाग्दो भिड ! हेर्नुहोस् फोटो फिचरमा…

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: