×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थ सरोकार समाचार प्रभाव : एनआइसी एशियाले गरेको ‘गैरकानुनी’ भुक्तानी फिर्ता, यसरी भयो सहमति…

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार

PRIME CA
laxmi sunrise bank

अर्थ सरोकार समाचार प्रभाव : एनआइसी एशियाले गरेको ‘गैरकानुनी’ भुक्तानी फिर्ता, यसरी भयो सहमति…

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । एनआइसी एशिया बैंक लिमिटेडको पथरी शाखाले एउटा कम्पनीको नाममा लेखिएको चेक अर्को खातामा जम्मा गरेर गैरकानुनी भुक्तानी गरेको खबर अर्थ सरोकारले सार्वजनिक गरेपछि चौतर्फी दबाबपछि एनआइसी एशिया बैंकले उक्त रकम सम्बन्धित खातामै फिर्ता ल्याएको छ । सुरुमा सम्बन्धित व्यक्तिले उजुरी नगरेकाले यो हाम्रो सरोकारको विषय नै होइन जसरी बैंकका अप्रेशनल इन्जार्ज उल्टै मिडियासँग खनिएका थिए भने बैंकका प्रदेश प्रमुख दीपक थापाले पथरीमा आफ्नो शाखा नै नभएको लज्जास्पद र हास्यास्पद तर्क दिएका थिए । तर यी दुवैको भनाइसहितको समाचार अर्थ सरोकारमा प्रकाशन भएपछी अन्तत: बैंकले आफ्नो गल्ती स्वीकारेको छ भने उक्त रकम फिर्ता गर्न पहल सुरु गरेको थियो । 
भएको के थियो ?
काविल कन्ट्रक्सन प्रा.लि. को नाममा काटिएको ३७ लाख ७३ हजार ६ सय १३ रुपैयाँको चेक बैंकले अर्कै कम्पनीको खातामा जम्मा भएको थियो । आफु पार्टनर भएको कम्पनीको रकम आफुमात्र ‘सिग्नेचरी’ भएको फर्मको खातामा आएपछि ती व्यक्तिले पैसा लिएर गएका थिए । जुन कम्पनीको नाममा चेक काटिएको हो, सो कम्पनीको खातामा उक्त चेक क्लियर भइ रकम जम्मा नै भएको थिएन । पथरी शनिश्चरे नगरपालीकाले भुक्तानी गरेको कृषि विकास बैंक लिमिटेडको उक्त चेक डिपोजिट गर्न कम्पनीका पार्टनरमध्येका एक गएका थिए । उनले आफ्नोमात्र हस्ताक्षर चल्ने खातामा उक्त चेक जम्मा गर्न आग्रह गर्दा बैंकले सजिलै गरिदिएको थियो । तर यो काम नियम विपरित भएको भन्दै कुरा उठेपछि बैंकभित्र कुन हदसम्मको लापरवाही हुने रहेछ भन्ने रहस्य बाहिर आएको थियो । अर्थ सरोकारले यस विषयमा समाचार लेखेपछि बैंक पथरी एरियामै बदनाम भएको थियो । बैंकभित्र घटेको यस्तो घटनाले धेरै व्यवसायीहरु एनआइसी एशियासँग कारोबार नगर्ने निर्णय पुगिसकेका थिए।

अर्थ सरोकारले समाचार प्रकाशन गरेपछि के के भयो ?
१. अर्थ सरोकारले समाचार प्रकाशन गरेपछि यो केस ‘राष्ट्रिय रुपमै चर्चाको विषय बन्यो । धेरैले यो प्रकरणलाई लापरवाहीको पराकाष्टा भने । ‘बैंकिङ नम्स’को सामान्य सिद्धान्तको पनि धज्जी उडाएर बैंकले धेरै गलत काम गरेको निष्कर्षमा धेरै व्यवसायी, बैंकर र विज्ञहरु पुगे । यो घटनाले बैंकभित्र कति धेरै अपरेशनल रिस्क छ भन्ने तथ्य पनि प्रमाणित भयो ।
२. समाचार प्रकाशन भएपछी हेड अफिसले पनि बैंकको प्रदेशलाई यो घटना मिलाउन दबाब दियो । त्यसपछि त बैंकभित्र ‘रुवाबासी’ नै चल्यो । मिडियाकर्मीलाई बैंकिङ सिकाउन खोज्ने एनआइसी एशिया बैंकका पथरी शाखाका अपरेशनल इन्चार्जको बोली पनि सानो हुँदै गयो । आफैं गल्ती गर्ने, उल्टै भए नभएको लजिक दिएर अरुलाई ठुलो स्वर गर्ने ? भन्दै उनलाई बर्खास्त गर्नुपर्ने आवाज पनि उठ्यो । यो पैसा फिर्ता भएन भने स्थितिले अर्कै मोड लिनसक्ने भन्दै बैंकभित्र ‘रुवावासी’ चल्यो । अन्तत: बैंकले सबै पक्षलाई बैंकमा बोलायो र पैसा फिर्ता गरिदिन अनुनय बिनय गर्यो । बैंकका कर्मचारीले सबै पक्षसँग हात नै जोड्यो । अन्तत: ग्राहकले बैंकले भनेको माने र पैसा फिर्ता गर्न तयार भए । धन्न ग्राहकले माने । बैंकका ओआइजस्तै बाङ्गो-बाङ्गो कुरा मात्र गर्ने ग्राहक भइदिएको भए यो केस सिरियस हुने थियो ।

३. अझ रमाइलो कुरा त के छ भने अर्थ सरोकारले समाचार प्रकाशन गरेपछि बैंकका प्रदेश प्रमुख दीपक थापाले पथरीमा आफ्नो शाखा छ भन्नेचाहिं अव जीवनभर बिर्सनेछैनन् । अव उनले आफ्नो शाखा नै त्यहाँ छैन जस्तो गैरजिम्मेवार उत्तर कसैलाई दिनुभन्दा अघि १० पटक पक्कै सोच्नेछन् । बैंकका अपरेशनल इन्चार्जलाई पनि बैंकका ग्राहक वा अन्य स्टेकहोल्डरसँग कसरी बोल्नुपर्छ भन्ने पक्कै सिकाएको हुनुपर्छ ।
४. सबैजना सचेत भए । एनआइसी एशिया बैंकभित्र कतिधेरै अपरेशनल रिस्क रहेछ भन्ने कुरा पनि प्रमाणित भयो । बैंकभित्र गलत धन्दाहरु नभएको होइन, भएका गलत कामहरु बाहिर नआएका हुन् भन्ने नमिठो तथ्य नजिकबाट बुझ्ने मौका पाए धेरैले ।
https://arthasarokar.com/2020/08/Exclusive-NIC-Asia.html
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: