
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । धरानमा कोरोना संक्रमणबाट थप २ जना महिलाको मृत्यु भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा सुनसरीको इनरुवा-४ की ४९ वर्षीया एक महिला र झापाको मेचीनगर-८ की ७२ वर्षीया वृद्धाको मृत्यु भएको हो।
मृत्यु हुने ४९ वर्षीया महिला उच्च रक्तचाप, मधुमेह र मिर्गौलाको समस्याका कारण प्रतिष्ठानको मेडिसिन वार्डमा भदौ ३० गते भर्ना भएकी थिइन् । मेडिसिन वार्डमा भर्ना भएकै समयमा पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएकोमा असोज १ गते उनको रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना देखिएपछि सोही दिन उनलाई प्रतिष्ठानकै कोभिड अस्पतालको आइसोलेसनमा सारिएको थियो । उनले नियमित डायलासिस समेत गराउँदै आइरहेकी थिइन् ।
झापाको मेचीनगरकी ७२ वर्षीया वृद्धा भने श्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, शरीरमा कमजोरी र निमोनियाको लक्षण देखा परेर असोज ४ गते प्रतिष्ठानमा भर्ना भएकी थिइन् । स्वास्थ्यमा थप समस्या देखिएपछि झापास्थित कन्काई अस्पतालले उनलाई धरान रेफर गरेको थियो । सोही दिन प्रतिष्ठानको ल्याबमा गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्