
महेन्द्रनगर । कुनै समय स्थानीय ठाउँमा साना गुड उद्योग सञ्चालन गरेर मनग्य आम्दानी गर्दै आएका उखु किसान पछिल्लो समय उद्योग नै धराशयी हुने चिन्तामा छन् । कञ्चनपुरमा नगदे बालीका रुपमा उखु खेती गर्दै यहाँका बस्तीमा गुड उद्योग सञ्चालन गरिरहेका किसान स्थानीय उत्पादनले बजार नपाउँदा उद्योग नै विस्थापित हुँदै गएको दुःखेसो पोखेका छन् ।
यहाँको घरेलु तथा साना उद्योग कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार जिल्लामा १४३ वटा गुड उद्योग धराशायी हुने चिन्ताउद्योग दर्ता छन् । हाल आधामात्र उद्योग सञ्चालनमा भने आधा मात्रै रहेको कार्यालयले जनाएको छ । “यहाँको दक्षिणी क्षेत्रमा चिनी उद्योग सञ्चालनमा आएकाले पनि साना गुड उद्योग समस्यामा परेका हुन्”, घरेलु तथा सामा उद्योग कार्यालयका प्रमुख हेमन्त बहादुर सिंहले भन्नुभयो, “विस्थापित हुनुमा केही कच्चा पर्दाथको अभावका साथै नीतिगत कारण पनि हुन् ।” किसानले भारतबाट आयात हुने गुड निर्यातमा कडाइ नगर्दा पनि यहाँ उद्योग विस्थापित भइरहेको बताएका छन् ।
त्यसैगरी यहाँको बेलडाँडी गाउँपालिका–२ चवन्नी बजारस्थित केदार गुड उद्योग धराशायी हुने चिन्ताउद्योग सञ्चालन गरिरहेका स्थानीयवासी दानसिंह शाह रोजगारीका लागि विदेश जानुभन्दा स्वदेशमै काम थाल्नुभयो । एक दशकअघिदेखि गुड उद्योग धराशायी हुने चिन्ताउद्योग सञ्चालन गर्दै आए शाहले गुड उद्योग धराशायी हुने चिन्ताउद्योगबाट जीविकोपार्जन भइरहेको बताउनुभयो ।
वर्षदिनमा हिउँदका बेला चल्ने उद्योगमा शाहले १३ जनालाई रोजगारी पनि दिएका छन् । सात बिघा खेतमा उखु खेती गरेका शाहले वर्षमा ४०० क्विन्टल गुड उद्योग धराशायी हुने चिन्ताउत्पादन गरिरहेको जानकारी दिनुभयो । उद्योग कात्तिकदेखि फागुनसम्म चल्ने गरेको बताउनुभयो । उत्पादित गुडको बजार पर्याप्त नहुँदा उखु किसान समस्यामा परेका छन् । “गुडले बजार नपाउँदा कुनै बेला लगानी असुल्न पनि गाह्रो हुन्छ”, उहाँले भन्नुभयो, “यहाँ सस्तोमा भारतबाट कमसल गुड भित्रिँदा हामी बढी मारमा परेका छौँ ।”
त्यसैगरी महाकाली नदीपारिको दोधारा चाँदनी नगरपालिकामा स्थानीयवासी टेकबहादुर भण्डारीले पनि लामो समयदेखि गुड उद्योग धराशायी हुने चिन्ताउद्योग सञ्चालनमा ल्याएका छन् । नागार्जुन गुड उद्योगका सञ्चालन गरिरहनुभएका भण्डारीले दुई दशकदेखि आफू उद्योग सञ्चालन गरिरहेको बताउनुभयो । “पछिल्ला दिनमा यहाँ गुड उद्योगबाट आम्दानी घट्दै गएको छ”, उहाँले भन्नुभयो, “उद्योगमा काम गर्ने मजदूर पनि भारतबाट ल्याउनुपर्ने अवस्था छ ।” उत्पादित गुड उद्योग धराशायी हुने चिन्तासुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाका साथै बुटवल र नेपालगञ्जसम्म खपत हुने गरेको उहाँको भनाइ छ । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्