- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले सव डिभिजन कार्यालय विमलनगरको नर्सरीमा बिरुवा उत्पादनका लागि पोलिब्यागमा माटो भर्दै गरेका कामदारदेखि इनरुवा–२ स्थित सरस्वतीको मूर्तिमा रङ्ग भर्न व्यस्त एक मूर्तिकारसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
सव डिभिजन कार्यालय विमलनगरको नर्सरीमा बिरुवा उत्पादनका लागि पोलिब्यागमा माटो भर्दै कामदार । कार्यालयमा पोलिब्यागमा माटो भरेर बिरुवा उत्पादनको तयारी गरिएको छ ।
इनरुवा–२ स्थित सरस्वतीको मूर्तिमा रङ्ग भर्न व्यस्त एक मूर्तिकार ।
प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकार ‘प्यासी’ , मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदीपकुमार भण्डारी प्रदेश सरकारको स्थापनाको तेस्रो वर्षको अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयद्वारा सोमबार यहाँ आयोजित कार्यक्रममा सहभागी हुँदै ।
प्रदेश २ सरकारको तीन वर्षको प्रगती सार्वजनिक गर्न सोमबार आयोजित कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउत । साथमा प्रदेश सरकारका अन्य मन्त्रीहरु ।
सुनसरी जिल्लामा रहेको सुन्दर अमाह सिमसार क्षेत्र । यो सिमसार तथा आसपास क्षेत्र वनभोज, साइकल यात्रा, दृश्यावलोकनका साथ जलविहार गर्न आकर्षक छ ।
सुनसरी जिल्लामा रहेको सुन्दर अमाह सिमसार क्षेत्र । यो सिमसार तथा आसपास क्षेत्र वनभोज, साइकल यात्रा, दृश्यावलोकनका साथ जलविहार गर्न आकर्षक छ ।
रावाबेँसी गाउँपालिका–६ हौँचुरका किसानले विसं २०४४ मा पहरा छेडेर निर्माण गरेको सिँचाइ कुलोको सुरुङ । नौ घर स्थानीय बासिन्दाले चन्दा तथा अन्न सङ्कलन गरेर हौँचुरको जुरेडाँडामा निर्माण गरेको १२० मिटर लामो सिँचाइ कुलोको सुरुङबाट आएको पानीले अहिले ३५ घर किसानका खेतबारी सिँचित हुँदै आएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा कृषकहरुलाई यान्त्रिक हलो वितरण गरिदै । गाउँपालिकाले पचास प्रतिशत अनुदानमा सहकारी, कृषक समूह र फर्मलाई ११ वटा यान्त्रिक हलो वितरण गरेको छ ।
काठमाडौँको नयाँ बसपार्कदेखि कुलेश्वरसम्म कालोपत्रे गरिएको विष्णुमति करिडोर । उक्त करिडोर अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको रु १३ करोड ४९ लाखमा कालोपत्रे गरिएको हो ।