×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकको ‘क्वीक पे’ सेवा सार्वजनिक, व्यवसायीले एपिआई इन्टिग्रेसन नगरी लिंकबाटै डिजिटल भुक्तानी लिन सक्ने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एनआईसी एशिया बैंकको ‘क्वीक पे’ सेवा सार्वजनिक, व्यवसायीले एपिआई इन्टिग्रेसन नगरी लिंकबाटै डिजिटल भुक्तानी लिन सक्ने

१५ बैशाख २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनआईसी एशिया बैंकले साना तथा मझौला व्यवसायीहरूका एपिआई इन्टिग्रेसन नगरी लिंकबाटै डिजिटल भुक्तानी लिन सकिने नेपालको बैंकिङ क्षेत्रमानै पहिलो पटक अत्यन्तै प्रभावकारी ‘क्वीक पे’ सेवाको सुरुवात गरेको छ । हस्पिटालिटी, ट्राभल/टुर्स, टेलिमेडिसिन, अनलाईन शिक्षा, साना तथा मझौला व्यवसाय जस्ता क्षेत्रमा आफ्नो व्यवसाय अगाडी बढाइरहेका व्यवसायीहरूलाई लक्षित गर्दै बैंकले सुरुवात गरेको यस ‘क्वीक पे’ सेवा मार्फत बिक्रेताले खरिद कर्तालाई भुक्तानी लिंक पठाई सरल एवं सुरक्षित रुपमा भुक्तानी प्राप्त गर्न सक्नेछन् । यस बैंकबाट ‘क्वीक पे’ सेवा लिन चाहने व्यवसायीहरूले बैंकसमक्ष पुगी सम्झौता गरेपश्चात् बैंकले ग्राहकहरुलाई भुक्तानी लिने लिंक आफ्ना उपभोक्ताहरूलाई पठाउन मिल्ने प्लेटफर्म उपलब्ध गराउनेछ भने उक्त प्लेटफर्मको प्रयोग गरेर मर्चेन्टहरूले ईमेल, एसएमएस तथा सामाजिक सञ्जालका मेसेन्जर एपमार्फत भुक्तानी लिंक आफ्ना उपभोक्ताहरूलाई पठाउन सक्नेछन् ।
उपभोक्ताहरूले आफ्नो ल्यापटप वा कम्प्युटर वा स्मार्टफोनमा प्राप्त भएको लिंक क्लिक गरी कार्ड, मोबाइल बैंकिङ एवं इन्टरनेट बैंकिङमार्फत जुनसुकै स्थानबाट र जुनसुकै समयमा तत्काल सहज तरिकाले रकम भुक्तानी गर्न सक्नेछन् । अनलाईन भुक्तानी सेवामा आबद्ध नभएका ई-कमर्श कम्पनीहरूले ‘क्वीक पे’ को माध्यमबाट भुक्तानी लिनुका साथै अफलाईन व्यवसाय गरिरहेका व्यवसायीहरूले समेत यस माध्यमबाट भुक्तानी लिई मुलुकलाई डिजिटल कारोबारतर्फ अग्रसर गराउन सक्नेछन् । यस ‘क्वीक पे’ सेवाले अनलाईन र अफलाईन भुक्तानीकाबीच गतिशील पुलको रुपमा काम गर्दै डिजिटल कारोबारलाई एउटा नयाँ उचाइमा पुर्याउन अर्थपूर्ण भूमिका खेल्ने विश्वास बैंकले लिएको छ ।
हाल यस बैंकमार्फत कार्डमा आधारित अनलाईन भुक्तानी गेटवे साइबरसोर्स, एनआईसी एशिया मोबाइल बैंकिङ तथा अन्य अनलाईन भुक्तानीका माध्यमबाट डिजिटल कारोबारको सेवा उपलब्ध भएकोमा यस ‘क्वीक पे’ सेवाको सुरुवातले देशमा डिजिटल भुक्तानीको प्रवर्धनमा सघाउन ठोस टेवा पुग्ने बैंकले जनाएको छ । देशव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण कम गर्नका लागि नगद कारोबारको सट्टा डिजिटल कारोबार अवाञ्छनीय भएकोले समेत बैंकले ल्याएको ‘क्वीक पे’ सेवा अत्यन्तै सुरक्षित तथा प्रभावकारी रहने बैंकले अपेक्षा लिएको छ । बैंकलाई हलसम्म मुलुकभर रहेका ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना सेवाग्राहीहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । बैंकको २२ लाख भन्दा बढी ग्राहकहरू रहेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: