×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देश बोल्ने फोटो कथा : भोकाएका स्वयम्भूनाथका बाँदर केरा खाँदै, ग्राहकको पर्खाइमा धनगढीका एक ठेला व्यवसायी

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ ।
समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा भोकाएर केरा खाँदै गरेका स्वयम्भूका बाँदरदेखि ठेलामा व्यापार गर्दै हिडिरहेका ठेला व्यवसायीसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचारः
स्वयम्भूका बाँदरहरु केरा खाँदै, बाँदरलाई कुहिएको फलफुल खुवाउँदा दुर्गन्ध फैलिएको बताउँछन् सुरक्षाकर्मीहरु ।
धनगढीको मुख्य बजार चौराहामा शुक्रबार कागती, अदुवा विक्रीका लागि ग्राहकको पर्खाइमा एक स्थानीय ठेला व्यवसायी । पिरो, अमिलो, खट्टोलगायतको सेवनबाट कोरोना सङक्रमण कम हुने मान्यता स्वरुप यहाँ कागती, अदुवा, लसुनलगायतको खपत ह्वात्तै बढेको छ । 
बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटका किसानले गरेको केराखेती  । श्रीकोट केरा खेतीको पकेट क्षेत्रका रुपमा चिनिन्छ ।
निषेधाज्ञा कारण सुनसान रहेको तनहुँको पर्यटकीय नगरी बन्दीपुर । कोरोना कहरका कारण बन्दीपुरको पर्यटन प्रभावित भएको छ । 
धनगढीको मुख्य बजारस्थित एक बिऊ बिजन पसलमा शुक्रबार बिऊ किन्नका लागि आफ्नो पालो कुर्दै स्थानिय किसान ।
धनगढीको रामजानकी सब्जीमण्डि नजिकै शुक्रबार विद्युतिय रिक्सामा बिक्रीका लागि राखिएका लिची खरिद गर्दै स्थानिय ग्राहक । जारी निशेधाज्ञाका कारण बजार पूर्ण रुपमा ठप्प भएपछि यहाँका  फलफुल, तरकारी पसलेहरु हिजोआज विद्युतिय रिक्सा तथा ठेलागाडामा ठाउँ ठाउँमा घुमेर व्यवसाय गर्ने गरेका छन । 
नेपालको सबैभन्दा उच्च स्थानमा रहेको उपल्लो डोल्पाको वुद्ध गाउँपालिकाको धो तराप मानव बस्ती । हिमालको काखमा तथा दायाँ–बायाँ खोलाको बीचमा द्यो तराप समुन्द्री सतहबाट चार हजार मिटर उचाइमा छ । यहाँको कला–संस्कृति र रहनसहन पनि आफ्नै प्रकारको छ । माथिल्लो डोल्पा जाने पर्यटकहरुले पदयात्राका लागि द्यो तरापलाई मुख्य स्थानका रुपमा लिन्छन् । सदरमुकाम दुनैबाट पाँच दिनको पैदल यात्रामा यहाँ पुगिन्छ ।
अर्थमन्त्री बिष्णुप्रसाद पौडेल शुक्रबार सिंहरबारस्थित मन्त्रालयमा आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानहरुको वार्षिकस्थिति समीक्षा सार्वजनिककरण गर्दै । 
समुद्री सतहदेखि चार हजार २०० मिटर उच्चाइमा अवस्थित ताप्लेजुङको  कञ्चनजङ्घा संरक्षण क्षेत्र तथा फक्ताङलुङ गाउँपालिका—६, खाम्बाचेनमा निर्माणाधीन हिमालीय अनुसान्धान केन्द्र भवन  । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: