×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अफगानिस्तान र पाकिस्तानबीच व्यापारमा समस्या, दुबै पक्षलाई नोक्सान पुग्ने व्यापारीहरुको भनाई

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

अफगानिस्तान र पाकिस्तानबीच व्यापारमा समस्या, दुबै पक्षलाई नोक्सान पुग्ने व्यापारीहरुको भनाई

Artha Sarokar

११ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

इस्लामाबाद । पाकिस्तानले अफगानिस्तानसँग व्यापार समस्या बेहोरेको छ । चालु आर्थिक बर्षमा अफगानिस्तानमा पाकिस्तानी निर्यातदर घट्दो क्रममा छ । पाकिस्तानी उत्पादनको मुख्य बजारहरुमध्ये एक छिमेकी अफगानिस्तानमा निर्यात घटेपछि पाकिस्तानलाई व्यापार घाटा भएको हो ।

पाकिस्तानको चालु आर्थिक बर्षको पहिलो नौ महिनामा अफगानिस्तानमा निर्यात दर ७९ करोड अमेरिकी डलर बराबरबाट ७४ करोड अमेरिकी डलर बराबरमा अर्थात ५ दशमलब ५ प्रतिशतले घटेको हो । अफगानिस्तानमा उत्पादन सामाग्रीहरु निर्यात घटेर व्यापारी तथा मुलुक दुबै पक्षलाई नोक्सान पुग्ने पाकिस्तानी व्यापारीहरुले बताएका छन् । विगत केही बर्ष यता अफगानिस्तानमा पाकिस्तानी निर्यात दुई अर्ब अमेरिकी डलर बाट ७० करोड अमेरिकी डलरमा झरेको छ।

पछिल्लो समय अफगानिस्तानले पाकिस्तानी बजार छोडेर भारत, इरान तथा मध्य एसियाली छिमेकीहरुको विकल्प लिईरहेको कारण पाकिस्तानको सिमेन्ट तथा फलामका सामाग्रीको निर्यात घटेको बताईएको छ । पाकिस्तान र अफगानिस्तानबीच गैर शुल्क बाधा, उदासीन प्रशासन, कमजोर पूर्वाधार तथा अस्थीर भू राजनीतिले व्यापार क्षेत्र असर पारेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी