×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतमा कोभिड-१९ विरुद्धको खोप पच्चिस करोड डोजसम्म अनुदान दिने गाभीको प्रतिबद्धता

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

भारतमा कोभिड-१९ विरुद्धको खोप पच्चिस करोड डोजसम्म अनुदान दिने गाभीको प्रतिबद्धता

४ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

वासिंगटन । खोप सम्बन्धी विश्व संगठन गाभीले भारतमा कोभिड-१९ विरुद्ध पच्चिस करोड डोज सम्म खोप अनुदान गर्ने बताएको छ । भारतमा कोभिड-१९ विरुद्ध उन्नाईस देखि पच्चिस करोड डोज सम्म खोप तथा तीन करोड अमेरिकी डलर बराबरको कोष सहायता गर्ने गाभीले बताएको छ । साथै तत्काल आवश्यक प्राविधिक सहायता तथा कोल्ड चेन सामाग्रीहरु उपलब्ध गराउने गाभीले जनाएको छ । गत डिसेम्बरमा कोभाक्स बोर्डले उक्त निर्णय लिएको गाभी प्रवक्ताले बताएका छन् ।

निजी तथा सार्वजनिक विश्व स्वास्थ्य साझेदारी गाभीले बिकासोन्मुख मुलुकहरुमा सहज खोप पहुँचका लागि काम गरिरहेको छ । कोरोना भाइरसको माहामारी विरुद्ध भारतलाई पूर्ण सहयोग गर्ने गाभी प्रवक्ताले बताएका छन् । कोभिड- १९ विरुद्ध खोप उत्पादन र आपुर्ति गर्ने मुख्य मुलुकहरुमध्ये एक भारतमा कोरोना माहामारीको कारण खोप आपुर्तिमा असर परेको उनले बताए । विश्वमा कोभिड-१९ विरुद्धको खोपमा सहज पहुँचका लागि काम गर्ने अमेरिकी निर्णयको पनि गाभीले स्वागत गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: