चीन । एक चिनियाँ असन्तुष्ट नेता जियानली याङले चीनले अफगानिस्तानमा आफ्नो राजनीतिक प्रभाव बढाउन चाहेको बताएका छन् । यसका लागि चीनले अफगानिस्तानमा आफ्ना स्वार्थहरु पूरा गर्नका लागि अहिले तालिबानका मागहरु पूरा गरिरहेको समेत उनले बताएका छन् । द डिप्लोमेट प्रकाशित एक लेखमा चीनका लागि नागरिक शक्तिको पहलका संस्थापन जियानलीले बेइजिङले अफगान मामिलाहरुलाई मानिसहरुले सोचेभन्दा पनि सावधानीपूर्वक डिल गरिरहेको छ । अफगानिस्तानले अहिले सामना गरिरहेको प्रमुख दुई चुनौतीहरुको सामना गर्नका लागि चीनले तालिबानी समूहलाई सहयोग गरिरहेको छ ।
‘पहिलो, चिनियाँ कम्युनिस्ट पार्टी सिनजियाङमा पूर्वी तुर्किस्तान इस्लामिक आन्दोलन (ईटीआईएम) को पुनरुत्थान रोक्न चाहान्छ,’ उनले लेखमार्फत भनेका छन्, ‘बेइजिङ पक्कै पनि अफगान तालिबानसँग चीन पाकिस्तान आर्थिक कोरिडोर (सीपीईसी) लाई सम्झौता नगर्ने मनसायमा छ । ‘यद्यपि चीन आफ्नो वास्तविक हित र क्षेत्रीय प्रभाव विस्तारका लागि अफगानिस्तानमा आफ्नो राजनीतिक प्रभाव बढाउन चाहान्छ । चीनले आफ्ना स्वार्थहरुको ग्यारेन्टि गराउँदै विस्तारै तालिबानको इच्छाहरुलाई पूरा गर्नेछ । तालिबानको शासनलाई चीनले राजनीतिक मान्यता दिएसँगै तालिबानले पनि चीनका चिन्ता सम्बोधन गर्नेछ,’ उनी लेख्छन् ।
अफगानिस्तानलाई पराजित गर्ने तालिबानको चरमपन्थी धार्मिक विचार बेइजिङको लागि चिन्ताको स्रोत बनेको थियो । अफगानिस्तानमा तालिबानको उदयले सिन्जियाङका उइगरहरुको विद्राहलाई फेरि बल पुग्नेमा चीन चिन्तित छ । यसअघि अफगानस्तानमा तालिबानले नियन्त्रण कायम गर्नुभन्दा १८ दिनअघि चिनियाँ विदेशमन्त्री वाङ यी र तालिबानी नेताहरुबीच तियान्जेनमा भेटवार्ता भएको थियो । तालिबान र अमेरिकी प्रतिनिधि मण्डलबीच दोहामा भएको बृहत शान्ति सम्झौतालाई उल्लंघन गर्दै तालिबानी समूहले अफगानिस्तानमा नियन्त्रणमा कायम गरेका हुन् ।
तालिबानी समूहले अफगानिस्तानमा कट्टर धार्मिक अतिवादलाई लागु गर्न चाहन्छ । सेप्टेम्बर ११ सम्म सम्पूर्ण अमेरिकी र नाटो सेनाहरु फिर्ता भइसक्ने बताइएको छ । अमेरिकी सेनाको फिर्ता सँगै अफगानिस्तान शान्तिको लागि चीनले पहल गर्ने उनले जनाएका छन् । अफगानिस्तानमा शान्ति स्थापना भएसँगै आफ्नो महत्वाकांक्षी परियोजना बेल्ट एण्ड रोड विस्तार गर्ने अपेक्षा गरिएको छ । अफगानिस्तान अशान्त र अस्तव्यस्त भएको अवस्थामा धार्मिक अतिवाद र आतंकवाद बढ्नसक्ने र चीनलाई खतरा हुने भएकाले चीनले अफगानिस्तानमा शान्ति र स्थायीत्व कायम गर्न चाहेकोसमेत जियानलीले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्