वासिङ्टन । संयुक्त राज्य अमेरिकाले चीनको सिन्जियाङमा व्यापार जोखिम बढेकोले लगानी नगर्न चेतावनी दिएको छ । अमेरिकी सरकारले सिन्जियाङको व्यापार आपूर्ति श्रृंखला र लगानीमा ठूलो जोखिम सिर्जना भएका कारण लगानी नबढाउन र नयाँ लगानी नगर्न चेतावनी दिएको हो । चीन सरकारले सिन्जियाङमा जबरजस्ती श्रम र मानव अधिकार उल्लंघनका घटनाहरु पनि बढेको भन्दै सिन्जियाङमा उत्पादित सामग्रीहरुको आपूर्तिमा समेत प्रतिबन्ध लगाइएको छ ।
अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सिन्जियाङमा भइरहेको दुर्व्यवहारको गम्भीरता र हदलाई ध्यानमा राखी, व्यवसाय कम्पनी र व्यक्तिहरुलाई सिनजियांगसँगको आपूर्ति श्रृंखला, उद्यम, र लगानीबाट बाहिर निस्कन समस्या हुने जनाएको छ । विदेश मन्त्रालयले उक्त क्षेत्रमा रहेको अमेरिकीहरुलाई पनि फिर्ता हुन आग्रह गरेको छ ।
यस मुद्दामा अमेरिकी सरकारको समन्वयको संकेत गर्दै, श्रम विभाग र अमेरिकी व्यापार प्रतिनिधिको कार्यालय, वाणिज्य, गृह सुरक्षा र वित्त विभागहरुद्वारा ट्रम्प प्रशासन अन्तर्गत जुलाई १, २०२० मा जारी गरिएको मापदण्डलाई पालनाका लागि पनि सुझाइएको छ । पछिल्लो समय अमेरिकी कम्पनीहरुलाई उक्त क्षेत्रमा लगानी नथप्न र फिर्ता हुने सल्लाह दिइएको छ । अमेरिकाले यसअघि सिन्जियाङका अधिकारीहरुमाथि प्रतिबन्धसमते लगाएको थियो ।