×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिनियाँ किसानको दैनिकीमा बज्रपात, बाढीले भयंकर क्षति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

चिनियाँ किसानको दैनिकीमा बज्रपात, बाढीले भयंकर क्षति

Artha Sarokar

२१ श्रावण २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

चीन । कोरोना महामारी र सरकारको तानाशाही प्रवृतिले आजित भएका चिनियाँ नागरिकको दैनिकीमा बज्रपात परेको छ । एकजना चिनियाँ किसान चेङ गहिरो पानीमा आधासम्म डुबेका छन्, उनले पानीमा परेर मरेको आफ्नो सुँगुर तानिरहेका छन् । गत साताको मुसलधारे वर्षाका कारण आएको बाढीमा परि चेङका करिब एक सयभन्दा बढी सुँगुरहरु मरे । हेनान प्रान्तका अधिकांशको जनजीवन अहिले निकै कष्टकर बनेको छ ।

म पानीको स्तर तल झर्छ कि बनेर पर्खिरहेको थिए । ताकि बाँकी सुँगुरहरुलाई चाँडो उद्धार गर्न सकूँ, ‘प्रान्तिय राजधानी जेनझाउबाट ९० किलोमिटरको दूरीमा रहेको वांगफान गाउँका ४७ वर्षीय चेङले भने, ‘उनीहरु केहि दिनसम्म पानीमा नै रहे, केही खान पाएनन् र एक सयभन्दा बढी सुँगुरहरु मरे ।’

चेंगको उदाहरण हेनानका हजारौं किसानहरुको दुरावस्थाको चित्र हो । कृषि र पोर्क उत्पादनका लागि प्रसिद्ध मानिएको हेनान प्रान्तमा गत साता भारी वर्षा भयो र सिंगो प्रान्त नै जलमग्न बन्यो । चिनियाँहरुले गत साताको वर्षा र बाढीको अवस्थालाई शताब्दीहरुकै सबैभन्दा ठूलो बाढी भएको बताएका छन् । उनीहरुले अहिलेसम्म यति ठूलो बाढी नआएको र यसले सबैलाई आश्चार्यचकित पारेको बताइएको छ ।

‘एकै क्षण त सोच्यौं, हामीसँग अब बाँच्ने कुनै बाटो छैन । हामीसँग अरु कुनै उपाय छैन । तर पानी रोकिएपछि बल्ल बाँचियो भन्ने महसुस भयो,’ चेङले भने, ‘बाढी रोकिएपछि अहिले सामान्य अवस्था त आएको छ तर, अब सुँगुर पाल्ने पैसा पनि छैन । जीवनभर सुँगुर पालेर कमाएको पैसाले जोडेको सबै सम्पत्ति बाढीले निमेषभरमा नै सखाप बनाइ दियो ।’ ‘आकाश खसेजस्तै महसुस भएको छ,’ उनले थपे ।

उनको गाउँका करिब तीन हजार किसानले सुँगुर, कुखुरा पाल्ने तथा दान उत्पादनको व्यवसाय गर्ने गरेको थिए । तर बाढीले सबै सखाप पारेको छ । एक तथ्यांक अनुसार बाढीले करिब दुई लाख कुखुराहरु र ६ हजारभन्दा बढी सुँगुरहरु मरेका छन् । यद्यपि चिनियाँ सुँगुर उत्पादन हालैका वर्षहरुमा बढ्दोक्रममा रहेको थियो । चिनियाँहरुलाई अझै पनि सबैभन्दा बढी मनपर्ने मासु सुँगुरको हो । तर, सुँगुर पालन व्यवसायीहरुलाई पछिल्लो समय आएको बाढीले निकै ठूलो क्षति पुर्याएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी