इस्लामावाद । पाकिस्तानमा निमार्ण भइरहेको चीन पाकिस्तान आर्थिक करिडोर (सीपीईसी) मा केही चिनियाँ कामदारहरु काम गरिरहेका देखिन्छन् भने केहीले एके ७ समातेको तस्बिरहरु सार्वजनिक भएका छन् । तस्बिरमा देखाइअनुसार उक्त हतियार समातेका चिनियाँ नागरिकले कालो टिसर्ट लगाएका छन् । उनले बायाँ हातमा राइफल समातेका छन् भने अकोतर्फ कुनै सर्भेको उकरणजस्तो समातको देखिन्छन् ।
उक्त तस्बिरको स्रोत खुलेको छैन तर कूटनीतिक वृतमा पाकिस्तानको सुरक्षा प्रणालीमाथि प्रश्नहरु उठिरहेका छन् । यो चिनियाँ प्रशासनले आफ्नो लगानीमा बनिरहेका परियोजनाको सुरक्षा पाकिस्तानले गर्न नसकेको संकेत भएको बताइएको छ । पाकिस्तानले चीन पाकिस्तान आर्थिक करिडोरको सुरक्षा गर्न असफल भएपछि चीनले आफ्नै सेना परिचालन गरेको बताइएको छ । चीनले यसअघि पनि पाकिस्तानी सुरक्षा प्रणालीमाथि प्रश्न उठाउँदै अविश्वास व्यक्त गरेका थियो ।
जुलाई १४ मा सीपीईसीका कामदारहरु सवार गाडीमा भएको आतंकवादी आक्रमणपछि चीनले पाकिस्तानको सुरक्षा व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै घटनाको छानबिन गर्न टोली पठाएको थियो । उक्त घटनापछि सीपीईसी परियोजना निमार्णस्थलमा खिचिएको यस्तो दृश्य बाहिरिएको हो । जुलाई १४ मा ती कामदारहरुलाई जलविद्युत परियोजनास्थलबाट खैबर पख्तुनख्वाको माथिल्लो काहीस्तानस्थित दासु ड्याम साइटतर्फ लैजाने क्रममा आतंकवादी हमला भएको हो । पाकिस्तानले उक्त घटनालाई सडक दुर्घटना बताएको थियो तर पछि साइट क्षेत्रमा विस्फोट भएको बताएको हो । उक्त घटनाबाट पाकिस्तानप्रति चिनियाँहरु निराश भएका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्