×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चीन पाकिस्तान आर्थिक करिडोरको सुरक्षा गर्न पाकिस्तान असफल, सुरक्षाका लागि चिनले पठायो आफ्नै सेना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

चीन पाकिस्तान आर्थिक करिडोरको सुरक्षा गर्न पाकिस्तान असफल, सुरक्षाका लागि चिनले पठायो आफ्नै सेना

Artha Sarokar

२१ श्रावण २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

इस्लामावाद । पाकिस्तानमा निमार्ण भइरहेको चीन पाकिस्तान आर्थिक करिडोर (सीपीईसी) मा केही चिनियाँ कामदारहरु काम गरिरहेका देखिन्छन् भने केहीले एके ७ समातेको तस्बिरहरु सार्वजनिक भएका छन् । तस्बिरमा देखाइअनुसार उक्त हतियार समातेका चिनियाँ नागरिकले कालो टिसर्ट लगाएका छन् । उनले बायाँ हातमा राइफल समातेका छन् भने अकोतर्फ कुनै सर्भेको उकरणजस्तो समातको देखिन्छन् ।

उक्त तस्बिरको स्रोत खुलेको छैन तर कूटनीतिक वृतमा पाकिस्तानको सुरक्षा प्रणालीमाथि प्रश्नहरु उठिरहेका छन् । यो चिनियाँ प्रशासनले आफ्नो लगानीमा बनिरहेका परियोजनाको सुरक्षा पाकिस्तानले गर्न नसकेको संकेत भएको बताइएको छ । पाकिस्तानले चीन पाकिस्तान आर्थिक करिडोरको सुरक्षा गर्न असफल भएपछि चीनले आफ्नै सेना परिचालन गरेको बताइएको छ । चीनले यसअघि पनि पाकिस्तानी सुरक्षा प्रणालीमाथि प्रश्न उठाउँदै अविश्वास व्यक्त गरेका थियो ।

जुलाई १४ मा सीपीईसीका कामदारहरु सवार गाडीमा भएको आतंकवादी आक्रमणपछि चीनले पाकिस्तानको सुरक्षा व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै घटनाको छानबिन गर्न टोली पठाएको थियो । उक्त घटनापछि सीपीईसी परियोजना निमार्णस्थलमा खिचिएको यस्तो दृश्य बाहिरिएको हो । जुलाई १४ मा ती कामदारहरुलाई जलविद्युत परियोजनास्थलबाट खैबर पख्तुनख्वाको माथिल्लो काहीस्तानस्थित दासु ड्याम साइटतर्फ लैजाने क्रममा आतंकवादी हमला भएको हो । पाकिस्तानले उक्त घटनालाई सडक दुर्घटना बताएको थियो तर पछि साइट क्षेत्रमा विस्फोट भएको बताएको हो । उक्त घटनाबाट पाकिस्तानप्रति चिनियाँहरु निराश भएका हुन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी