×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्री इमरान खानले क्षमता भन्दा धेरै बाह्य ऋण लिएको पीपीपीका अध्यक्ष जरदारीको आरोप

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

प्रधानमन्त्री इमरान खानले क्षमता भन्दा धेरै बाह्य ऋण लिएको पीपीपीका अध्यक्ष जरदारीको आरोप

Artha Sarokar

६ भाद्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

इस्लामाबाद । पाकिस्तानमा वर्तमान सरकारको आर्थिक नीति बाह्य ऋण र चन्दामा आधारित रहेको विपक्षी नेताले आरोप लगाएका छन् । पाकिस्तानमा विपक्षी दल पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का अध्यक्ष बिलावल भुट्टो जरदारीले प्रधानमन्त्री इमरान खानले क्षमता भन्दा धेरै बाह्य ऋण लिएको भन्दै आलोचना गरेका छन् । प्रधानमन्त्री खानको सरकारले क्षमता भन्दा धेरै ऋण लिने र चन्दा मागेर मुलुक चलाएको भन्दै विपक्षी नेता बिलावालले आलोचना गरेका हुन् ।

बाह्य ऋण लिँदै प्रधानमन्त्री खानको सरकारले मुलुकलाई ब्वाँसाहरुलाई सुम्पेको बिलावालको आरोप छ । मुलुक समाधान नहुने संकटमा फस्नु अगावै प्रधानमन्त्री खानले राजिनामा दिनुपर्ने बिलावालले टिप्पणी गरे । वर्तमान सरकारले निम्त्याएको आर्थिक संकट आगामी अन्य सरकारहरुले उठाउनुपर्ने बाध्यता रहेको पनि उनले दुख व्याक्त गरे । प्रधानमन्त्री खान शत्तामा पुगे लगत्तै विदेशीहरुसँग चन्दा र ऋण माग्ने आर्थिक नीति लिएको बिलावालले टिप्पणी गरे ।

यो बर्ष यता मात्रै प्रधानमन्त्री खानले दश अर्ब अमेरिकी डलर बराबरको बाह्य ऋण लिएको बिलावालले बताए । मुलुकमा थप बढ्दै गएको बाह्य ऋणको भार भुक्तानी गर्न नसक्ने र ठुलो आर्थिक संकट आउने उनले चेतावनी दिए । आर्थिक संकट भएको पाकिस्तानमा कोरोना माहामारीले आर्थिक वृद्धिमा थप धक्का पुगेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी