Skip to content
LAXMI SUNRISE BANK

देश बोल्ने फोटो कथा : भोजपुरको जरायोटारमा रमाउँदै आन्तरिक पर्यटक, रामपुर अस्पतालमा बढ्यो बिरामीको चाप

अर्थ सरोकार

काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले भोजपुरको अरुण गाउँपालिका –६ जरायोटारमा निर्माण गरिएको जरायोको स्तम्भलाई पृष्ठभूमि पारेर तस्बिर कैद गरिरहेका आन्तरिक पर्यटकदेखि पाल्पाको रामपुर अस्पतालमा उपचारका लागि नाम दर्ता गराउन पालो पर्खेर बसेका बिरामीसम्मको तस्विरलाई फोटोमा समेटेका छौं ।
 
हेरौं फोटो समाचार :
भोजपुरको अरुण गाउँपालिका –६ जरायोटारमा निर्माण गरिएको जरायोको स्तम्भलाई पृष्ठभूमि पारेर तस्बिर कैद गर्दै आन्तरिक पर्यटक ।

पाल्पाको रामपुर अस्पतालमा उपचारका लागि नाम दर्ता गराउन पालो पर्खेर बसेका बिरामी ।

बागलुङ बजारको मरेपिपलदेखि रामरेखा जाने सडकको पूर्वाधार विकास कार्यालय बागलुङले २९ लाखको लागतमा स्तरोन्नतिसँगै कालोपत्रे गरेपछि चिटिक्क परेको सडक ।

डोटीको पूर्वीचौकी गाउँपालिकाको चौखुट्टे बजारनजिक खोलाबाट टिपेर ल्याएको न्युरो बिक्रीका लागि बसेका बालिका ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका– ५ स्थित लेखटोलका सूर्यबहादुर दर्नालले उत्पादित गोलभेँडा खेती । कोभिड–१९ ले रोजगारी गुमाएपछि व्यावसायिक गोलभेँडा खेती गर्न थालेका हुन् ।

म्याग्दीको बेनी नगरपालिका–३ दूधेखोलामा आइतबार बिहान आएको बाढीले बगाएको घर । दूधेखोलाको बाढीले एउटा घर बगाउनुका साथै ४५ घर जोखिममा परेका छन् ।

धनकुटाको महालक्ष्मी नगरपालिका –४ चानुवाको जोगवनी–किमाथाङ्का राजमार्गबाट देखिएको हरियाली धानखेत । सिँचाइ भएका कारण यस क्षेत्रमा धान उत्पादन राम्रो हुने गर्छ ।

धनगढी उपमहानगरपालिका—१३ कैलाली गाँउका थारु समुदायका महिलाले जङ्गलमा पाइने ‘सिरु’ प्रजातिको झारबाट बनाएको ‘बड्हर्नी’ कुचो घाममा सुकाइँदै । झारबाट कुचो तयार हुने भएपछि यो समुदायमा कुचोमा नगद खर्चको आवश्यकता पर्दैन ।

सिमकोटमा बाँडपाल देवताका झाँक्रीलाई अक्षता चढाएर पूजा गर्दै स्थानीय महिला ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK