काबुल । विदेशी सेनाको फिर्तीसँगै आक्रमणलाई तीब्र बनाएको तालिबानी विद्रोहीहरुले राजधानी काबुल कब्जा गरेका छन् । तालिबानी विद्रोहीहरु अफगानिस्तानको सत्ता कब्जा गरेपछि अफगानी नागरिकहरुको अवस्था दयनीय बनेको छ । तालिबानी समूहले अफगानिस्तान कब्जा गरेपछि काबुलस्थित लेखक खालिद हासेनीले अफगानी नागरिकहरुले निकै चुनौतीपूर्ण अवस्थाको सामना गरिरहेको र अहिलेको अवस्था निकै पीडादायी भएकोले यसबाट बाहिर निकाल्नुपर्ने बताएका छन् ।
उनले अमेरिकी सेना फिर्ता गर्ने निर्णयपछि यो अवस्था सिर्जना भएको बताएका छन् । उनले थपे, ‘हाम्रै आँखा अगाडि एक निकै खतरानाक सपनाजस्तो देखिएको छ । अफगानिस्तानका नागरिकहरु अहिले निकै त्रसित बनेका छन् । हामी शान्तिको लागी ४० वर्षसम्म संघर्ष गर्यौ । लार्खौ आफन्तहरु गुमायौं । तर, अझै पनि उही पुरानै अवस्था देखिएको छ । अफगान महिलाहरुलाई फेरि घरभित्रै बन्धकजस्तो बनाइएको छ भने पुरुषहरुलाई दाह्री काट्न प्रतिबन्ध लगाइएको छ ।’
खालिद न्यूयोर्क टाइम्सको बेस्टसेलर द काइट रनर, ए थाउजान्ड स्प्लेन्डिड सन, र माउन्टेन्स इकोडका लेखक हुन् । काबुलमा जन्मिएका उनी सन् १९८० मा अमेरिका गएका थिए । खालिदका बुबा अफगानिस्तानको विदेश मन्त्रालयका कूटनीतिज्ञ थिए र उनकी आमाले काबुलको एक हाई स्कूलमा फारसी र इतिहास पढाउथिन् । सन् १९७६ मा विदेश मन्त्रालयले होसेनी परिवारलाई पेरिसमा पठाएको थियो । उनी सन् १९८० मा काबुल फर्किन तयार भए पननि उनीहरुलाई फर्किन नदिएपछि अमेरिका गएका थिए ।
पाकिस्तानी नोबेल पुरस्कार विजेता मलाला युसुफजईले पनि आफ्नो पीडा व्यक्त गरेकी छन् । उनले ट्विटमार्फत तालिबानले अफगानिस्तानको नियन्त्रण लिएपछि स्तब्ध भएको र तत्काल युद्धविराम गरि मानवीय सहायता प्रदान गर्ने र शरणार्थी र नागरिकहरुको सुरक्षा गर्न आग्रह गरेकी छन् । संयुक्त राज्य अमेरिकाले अफगानिस्तानलाई धोका दिएको र पाकिस्तानलाई इस्लामिक कानून शरियाको आफ्नै कट्टरपन्थी संस्करण लागू गर्ने तालिबानी समूहलाई सहयोग गरेको आरोप लागेको छ । तालिबानी समूह राजधानी काबुलमा प्रवेश गरेपछि अफगानिस्तानका राष्ट्रपति अशरफ घनी देश छोडेर भागेका थिए । तालिबानले अब राष्ट्रपति भवनको नियन्त्रण लिएको छ ।