Skip to content
LAXMI SUNRISE BANK

प्रधानमन्त्री देउवाप्रति सांसद रानाको आक्रोश- ‘पत्नी हारेको रिस प्रधानमन्त्री भएपछि पोखे…’

अर्थ सरोकार

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

सरकारले राना थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउन अस्विकार गरेको छ । भाषा आयोगले सरकारी कामकाजको लागि राना थारु भाषालाई सिफारिस गरेपनि देउवा सरकारले खारेज गरेको हो ।

नेकपा एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा हँुदा भाषा आयोगले देशका सात वटै प्रदेशमा सरकारी कामकाजको भाषा तोक्न सिफारित गरेको थियो । नेपालमा अधिक वक्ता रहेको राना थारु भाषा दुई वटा प्रदेशमा कामकाजी भाषाको रुपमा लागू गर्न आयोगले सिफारिस गरेकोमा सरकारले खारेजी गरेको हो ।

भाषा आयोगले २०७६ कार्तिक १६ गते थारु भाषालाई पहिचान गरी तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलि हँुदा प्रतिबेदन बुझाएको थियो । उक्त प्रतिबेदनमा पहिचान भएको राना थारु भाषालाई २०७६ साल माघ २० गते आदिबासी जनजातीको सुचिमा नेपाल सरकारले सुचिकृत गरेको थियो । २० बर्षदेखी आफ्नो पहिचान र अधिकारका लागि राना थारु समुदाय संघर्षरत छन् । कैलालीबाट निर्वाचित प्रतिनिधी सभा सदस्य नारदमुनि राना र रानाथारु समाजको पहलमा थारु जाति र उनीहरुको भाषाको पहिचान भएको थियो ।

केहि दिन अगाडी भाषा आयोगले सुदूरपश्चिम प्रदेशमा डोटेली र राना थारु भाषालाई कामकाजी बनाउने तय गरेकोमा देउवा सरकारले राना थारु भाषालाई मात्र पूर्वाग्रही देखाई खारेज गरेको सांसद रानाले आरोप लगाएका छन् । भाषा आयोगले मुलुकमा पाँच बर्षभित्र बोलिने भाषाको अध्ययन, अनुसन्धान, अभिलेखीकरण गरी सरकारी कामकाजको भाषा किटान गर्ने र अन्य मातृभाषा संरक्षण, संवर्द्धन र प्रवर्द्धनका निम्ति सिफारिस गरिसक्नुपर्ने प्राबधान संबिधानमा उल्लेख गरिएको छ ।

मुलुकको जनसंख्या, भाषा बोल्नेको संख्या, एकभन्दा बढी पालिकामा बोलिने भाषा, ऐतिहासिकता, पहिचान, लेखन प्रणाली विकास र प्रयोगलाई प्रमुख आधार मानेर आदिबासी जनजातीको सुचिमा सुचिकृत गरेता पनि पूर्वाग्रही भइ देउवा सरकारले खारेज सांसद रानाले बताए । ‘एक लाखभन्दा बढी वक्ता रहेका राना थारु भाषा प्रदेशगत रूपमा सिफारिसयोग्य मानिएको थियो’, सांसद रानाले भने, ‘तर प्रधानमन्त्री पत्नी आरजु राणा देउबालाई बहुमतले हराएको व्यक्तिगत रिसले सिङ्गो राना थारु समुदायको पहिचानमा आंच आएको छ ।’

सिफारिसयोग्य मानिएका प्रदेश १ को मैथिली, लिम्बू र बान्तावा, प्रदेश २ मा मैथिली र भोजपुरी, वाग्मती प्रदेशमा तामाङ र नेवारी, गण्डकी प्रदेशमा मगर र गुरुङ भाषा, लुम्बिनीमा थारू (डगौरा) र अवधी ,कर्णाली प्रदेशमा मगर र खस–नेपाली भाषा र सुदूरपश्चिममा डोट्याली र थारू (राना) भाषा रहेको थियो । मुलुकमा राना थारु भाषा बहुसंख्यक १५ लाख २९ हजार ८ सय ७५ जनाले बोल्दै आएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK