काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना १ ले प्रतिफल घोषणा गरेको छ । योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि १०० प्रतिशत प्रतिफल घोषणा गरेको हो ।
क्यापिटलले ग्लोबल आइएमई समुन्नत योजना १ का ईकाइधनीहरुलाई करसहित १०० प्रतिशतका दरले हुन आउने १ अर्ब रुपयाँ बराबरको प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।
