काठमाडौं । बैंक अफ काठमान्डू र स्टान्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने मंसिर ९ गते बिहीबार अन्तिम दिन रहेको छ । दुवै बैंकले साधारणसभा र लभांश प्रयोजनको लागि मंसिर १० गते बुक क्लोज गर्ने भएको छ । तसर्थ बिहीबारसम्म कायम सेयरधनीले मात्र बैंक सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पाउने भएका छन् ।
बैंक अफ काठमान्डूले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १० प्रतिशत बोनस र कर सहित ४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । यस बैंकको साधारणसभा मंसिर २९ गते हुनेछ । स्टान्डर्ड चार्टर्ड बैंकले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र ३.०६ प्रतिशत नगद गरी कुल १३.०६ प्रतिशत लाभांश वितरण गर्दैछ । यस बैंकको साधारणसभा भने मंसिर २८ गते हुनेछ ।