काठमाडौं । बैंक अफ काठमान्डू र स्टान्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने मंसिर ९ गते बिहीबार अन्तिम दिन रहेको छ । दुवै बैंकले साधारणसभा र लभांश प्रयोजनको लागि मंसिर १० गते बुक क्लोज गर्ने भएको छ । तसर्थ बिहीबारसम्म कायम सेयरधनीले मात्र बैंक सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पाउने भएका छन् ।
बैंक अफ काठमान्डूले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १० प्रतिशत बोनस र कर सहित ४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । यस बैंकको साधारणसभा मंसिर २९ गते हुनेछ । स्टान्डर्ड चार्टर्ड बैंकले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र ३.०६ प्रतिशत नगद गरी कुल १३.०६ प्रतिशत लाभांश वितरण गर्दैछ । यस बैंकको साधारणसभा भने मंसिर २८ गते हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्