जुम्ला । पछिल्लो समय जुम्लाका किसान नर्सरी खेतीमा आकर्षित भएका छन् । यहाँको तिला गाउँपालिका-७ का किसान जगबहादुर बुढा यति बेला बिरुवा हुर्काउन व्यस्त हुनुहुन्छ ।
उहाँ जडीबुटी, डालेघाँस र फूल प्रजातिका बिरुवा हुर्काउन लागि पर्नुभएको छ । बालबालिका हुर्काउन र नर्सरीमा बिरुवा हुर्काउन उस्तै उस्तै लाग्ने गरेको उहाँले बताउनुभयो । यस वर्ष जगबहादुरले नर्सरीमा बिरुवा लगाएकाले कालापहाड जानु परेको छैन । उहाँ नर्सरीमै दिन बिताइरहनुभएको छ । बिरुवामा पानी हाल्ने, गोडमेल गर्ने र रेखदेख गर्ने उहाँको दैनिकी हो ।
उहाँले भन्नुभयो, “यो हाइटेक नर्सरी तिला– ७ तुहीगाउँको समृद्धिको आधार बन्ने देखिएको छ, अबको आम्दानीको स्रोत पनि यहाँ उत्पादित बिरुवा नै हुनेछन्, पहिले जडीबुटी कोर्नुपर्छ, वन जङ्गल फँडानी गरेर खोरिया खन्नुपर्छ भन्ने मान्यता थियो, अहिले जडीबुटीको व्यावसायिक खेती गर्नुपर्छ, वन जङ्गल जोगाउनुपर्छ, जलवायु परिवर्तनको असर कम गर्न वृक्षरोपणका क्रियालकपमा जोड दिनुपर्छ भन्ने भावनाको विकास हुन थालेको छ ।”
हाइटेक नर्सरी स्थापना भएपछि अहिले किसानले बिरुवा उत्पादनमा जोड दिएका छन् । हाइटेक नर्सरीभित्र उतिस, निमारो, किमु, पौलेनिया, बकाइनो, राइखन्यु, वुद्धचित्त र कल्फी प्रजातिका बिरुवा छन् । उतिस आठ हजार बिरुवा उमारिएको छ । निमारो दुई हजार ८०० बिरुवा, किमु एक हजार ५०० बिरुवा, पौलेनिय पाँच हजार बिरुवा, बकाइनो १५ हजार र राइखन्यु तीन हजार बिरुवा उत्पादन हुने पेश नेपाल जुम्लाले जनाएको छ ।
विश्व खाद्य कार्यक्रम र वन तथा वातावरण मन्त्रालयको सहयोगमा पेस नेपालअन्तर्गतको क्याप्स कर्णाली परियोजनाले हाइटेक नर्सरी स्थापना गरेको हो । नर्सरी स्थापनामा २८ लाख ४२ हजार ५७६ लगानी गरिएको पेस नेपाल जुम्लाका सामाजिक परिचालक रीता रोकायाले बताउनुभयो । नर्सरी स्थापनाबाट एक सय घरधुरीका ४५५ व्यक्ति प्रत्यक्ष लाभान्वित छन् ।
नर्सरीमा छरिएको बीउ पेस नेपालले खरिद गरेर किसानलाई उपलब्ध गराएको छ । अहिले नर्सरीको अवस्था राम्रो छ । चिसो मौसममा पनि निकै राम्रो देखिएको छ । मुगुको रारा र चन्दननाथ मन्दिर अवलोकन गर्न आएका पर्यटक हाइटेक नर्सरीमा आएर फोटो खिचेर फर्किन्छन् । जडीबुटीका बारेमा चासो राख्ने गरेको सो नर्सरीका सञ्चालक बताउँछन् ।-रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्