×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेरो माइक्रोफाइनान्स र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको बोनस सेयरमा मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मेरो माइक्रोफाइनान्स र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको बोनस सेयरमा मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

Artha Sarokar

९ मंसिर २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मेरो माइक्रोफाइनान्स र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको छ । मेरो माइक्रोफाइनान्सको २० प्रतिशत बोनस सेयरमा र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । मेरो माइक्रोफाइनान्सको बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले १२ सय रुपैयाँ निर्धारण गरेको छ भने निफ्राको ३३१ रुपैयाँ ४८ पैसा निर्धारण गरेको छ ।

मेरो माइक्रोफाइनान्सले सभा प्रयोजनका लागि मंसिर ९ गते बिहीबार बुक क्लोज गरेको छ र निफ्राले पनि बिहीबार नै बुक क्लोज गरेको छ । यस्तै मेरो माइक्रोफाइनान्सले मंसिर २४ गते साधारणसभा बोलाएको छ भने निफ्राले मंसिर २९ गते साधारणसभा बोलाएको छ ।

मेरो माइक्रोफाइनान्सले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र कर तिर्न १.०५२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । यस्तै निफ्राले गत वर्षको नाफाबाट यसले ८ प्रतिशत बोनस सेयर र कर तिर्न ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी