काठमाडौं । मेरो माइक्रोफाइनान्स र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको छ । मेरो माइक्रोफाइनान्सको २० प्रतिशत बोनस सेयरमा र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । मेरो माइक्रोफाइनान्सको बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले १२ सय रुपैयाँ निर्धारण गरेको छ भने निफ्राको ३३१ रुपैयाँ ४८ पैसा निर्धारण गरेको छ ।
मेरो माइक्रोफाइनान्सले सभा प्रयोजनका लागि मंसिर ९ गते बिहीबार बुक क्लोज गरेको छ र निफ्राले पनि बिहीबार नै बुक क्लोज गरेको छ । यस्तै मेरो माइक्रोफाइनान्सले मंसिर २४ गते साधारणसभा बोलाएको छ भने निफ्राले मंसिर २९ गते साधारणसभा बोलाएको छ ।
मेरो माइक्रोफाइनान्सले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र कर तिर्न १.०५२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । यस्तै निफ्राले गत वर्षको नाफाबाट यसले ८ प्रतिशत बोनस सेयर र कर तिर्न ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्