×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि ५० को न्याभ बढ्यो, सबैभन्दा धेरै लगानी सिद्धार्थ बैंकमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एनएमबि ५० को न्याभ बढ्यो, सबैभन्दा धेरै लगानी सिद्धार्थ बैंकमा

Artha Sarokar

१२ मंसिर २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनएमबि ५० को प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) बढेको छ । कात्तिक मसान्तमा फण्डको न्याभ ३२ पैसाले बढेर प्रतिइकाई खुद सम्पति मूल्य १६ रुपैयाँ १६ पैसा कायम भएको छ । असोज महिना सम्ममा फण्डको न्याभ १५ रुपैयाँ ८४ पैसा रहेको थियो ।

यसअवधिमा फन्डले सूचीकृत कम्पनीको सेयरमा ३ करोड २७ लाख १७ हजार रुपैयाँले लगानी बढाएर १ अर्ब ३० करोड ७२ लाख रुपैयाँ कायम गरेको छ । यसअवधिमा फन्डले ४७ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ ।

फन्डको सबैभन्दा धेरै लगानी सिद्धार्थ बैंकमा रहेको छ । सिद्धार्थ बैंकको १ लाख ५५ हजार ४९८ कित्ता सेयरमा ७ करोड ८३ लाख ७० हजार रुपैयाँभन्दा बढी लगानी गरेको छ । यता पछिल्लो १ महिनामा फन्डको बैंक मौज्दात भने ३९ करोड १६ लाख रुपैयाँबाट घटेर २९ करोड ६० रुपैयाँमा सिमित भएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी