Skip to content
LAXMI SUNRISE BANK

एनएमबि बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने, बोर्डबाट पायो अनुमति

अर्थ सरोकार

काठमाडौं । एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको हो । उक्त ऋणपत्र निष्कासनको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । बैंकले मंसिर ३ गते शुक्रवार धितोपत्र बोर्डबाट स्वीकृति पाएको हो ।

बैंकले निष्कासन गर्ने कुल ३५ लाख कित्ता ऋणपत्रमध्ये १४ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने २१ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट बिक्री गर्ने भएको छ । ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK