काठमाडौं । एनएमबि हाइब्रिड फण्ड एल-१ को प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) बढेको छ । कात्तिक मसान्तमा आइपुग्दा फण्डको न्याभ १५ पैसाले बढेर १४ रुपैयाँ ७८ पैसा कायम भएको छ । असोजमा महिनामा यसको न्याभ १४ रुपैयाँ ६३ पैसा रहेको थियो ।
यस्तै कात्तिक मसान्तसम्ममा आइपुग्दा फण्डको सेयर बजारमा लगानी पनि बढेको छ । १ महिनाको अवधिमा सेयर बजारमा लगानी ५४ लाख ७२ हजार रुपैयाँले बढेर ७४ करोड २३ लाख रुपैयाँ कायम भएको छ ।
यसअवधिमा फण्डले ५१ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । फन्डको सबैभन्दा धेरै लगानी छिमेक लघुवित्तमा रहेको छ । छिमेकको १९ हजार ९७७ कित्ता सेयरमा ३ करोड ४८ लाख ५९ हजार रुपैयाँभन्दा बढी लगानी छ । यता पछिल्लो १ महिनामा फण्डको बैंक मौज्दात भने २० करोड ४१ लाख रुपैयाँबाट घटेर २० करोड ३१ लाख रुपैयाँ कायम भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्