×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

१५ पैसाले बढ्यो एनएमबि हाइब्रिड फण्ड एल-१ को न्याभ, छिमेक लघुवित्तमा सबैभन्दा धेरै लगानी

काठमाडौं । एनएमबि हाइब्रिड फण्ड एल-१ को प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) बढेको छ । कात्तिक मसान्तमा आइपुग्दा फण्डको न्याभ १५ पैसाले बढेर १४ रुपैयाँ ७८ पैसा कायम भएको छ । असोजमा महिनामा यसको न्याभ १४ रुपैयाँ ६३ पैसा रहेको थियो ।

यस्तै कात्तिक मसान्तसम्ममा आइपुग्दा फण्डको सेयर बजारमा लगानी पनि बढेको छ । १ महिनाको अवधिमा सेयर बजारमा लगानी ५४ लाख ७२ हजार रुपैयाँले बढेर ७४ करोड २३ लाख रुपैयाँ कायम भएको छ ।

यसअवधिमा फण्डले ५१ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । फन्डको सबैभन्दा धेरै लगानी छिमेक लघुवित्तमा रहेको छ । छिमेकको १९ हजार ९७७ कित्ता सेयरमा ३ करोड ४८ लाख ५९ हजार रुपैयाँभन्दा बढी लगानी छ । यता पछिल्लो १ महिनामा फण्डको बैंक मौज्दात भने २० करोड ४१ लाख रुपैयाँबाट घटेर २० करोड ३१ लाख रुपैयाँ कायम भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: