काठमाडौं । मंगलबार (मंसिर २८ गते) मेगा बैंकसहित ४ कम्पनीले साधारणसभा गर्ने भएका छन् । मेगा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, सोल्टी होटल र ग्लोबल आइएमई लघुवित्तले मंगलबार साधारणसभा गर्न लागेका हुन् ।
मेगा बैंकको वार्षिक साधारणसभाले लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ । बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस र २.०७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।
बैंकले सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासंग मर्जर वा प्राप्ति लगायतका अन्य सम्पूर्ण कार्य गर्नका लागि संचालक समितिलाई अख्तियारी दिनेछ । सभा तथा लाभांश प्रयोजनका लागि बैंकले मंसिर १४ गते बुक क्लोज गरेको छ ।
यस्तै स्ट्याण्डर्ड चार्टर्ड बैकको साधारणसभा बिहान १० बजे केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा हुँदैछ । बैंकको सभाले पनि लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ । बैंकले गत आवको मुनाफाबाट सेयरधनीलाई १३.०६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले १० प्रतिशत बोनस सेयर र कर सहित ३.०६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यता भोलि मंगलबार बिहान ११ बजे हुने सोल्टी होटलको साधारणसभा हुँदैछ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय ताहचल काठमाडौंमा हुनेछ । सो सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । कम्पनीले यस वर्ष कुनै लाभांश प्रस्ताव गरेको छैन ।
साथै ग्लोबल आइएमई लघुवित्तले पनि भोलि वार्षिक साधारणसभा गर्दैछ । सभाले २८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित , आव २०७८र७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।