×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंकको १५औं वार्षिक साधारणसभा सोमबार, १३.५% लाभांश पारित गरिने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

ग्लोबल आइएमई बैंकको १५औं वार्षिक साधारणसभा सोमबार, १३.५% लाभांश पारित गरिने !

Artha Sarokar

२६ मंसिर २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ग्लोबल आइएमई बैंकको १५औं वार्षिक साधारणसभा सोमबार (मङ्सिर २७ गते) हुँदैछ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहान १० बजे सुरु हुने भएको हो । सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित कुल १३.५% लाभांशलाईसमेत पारित गर्नेछ ।
बैंकको असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले १०% बोनस सेयर र कर प्रयोजनसमेत ३.५% नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । बैंकले हाल कायम चुक्ता पूँजी २१ अर्ब ६३ करोड २५ लाख ३ हजारको आधारमा उक्त लाभांश वितरण गर्न लागेको हो ।
उक्त सभाका लागि बैंकले मंसिर १३ गते एक दिन बुक क्लोज गरेको छ ।  जस अनुसार मंसिर १२ गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी