काठमाडौं । आइसिएफसि फाइनान्स र स्वाभिमान लघुवित्त वित्तीय संस्थाले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने भोलि बुधबार अन्तिम दिन रहेको छ । दुवै कम्पनीले मंसिर २३ गते बुक क्लोज गर्ने भएकाले मंसिर २२ गतेसम्म सेयर कायम गर्नुपर्ने भएको हो ।
आइसिएफसिले वर्ष गत वर्षको मुनाफाबाट १४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनी १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागिसमेत ४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । सो प्रस्ताव पारितका लागि फाइनान्सले पुस ५ गते वार्षिक साधारणसभा बोलाएको छ ।
यता स्वाभिमान लघुवित्तले ३२.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.७० प्रतिशत नगद लाभांश गरी कुल ३४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि लघुवित्तले पुस ८ गते वार्षिक साधारणसभा बोलाएको छ । लघुवित्तले भने मंसिर २३ गते एक दिन मात्र सभा प्रयोजनका लागि बुक क्लोज गर्न लागेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्