Skip to content
LAXMI SUNRISE BANK

लुम्बिनी विकास बैंकको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन, पुस ९ गते हुँदैछ वार्षिक साधारणसभा

अर्थ सरोकार

काठमाडौं । लुम्बिनी विकास बैंकको लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा र लाभांश वितरण प्रयोजनको लागि मंसिर २७ गते बुक क्लोज गरेसँगै मंसिर २६ गतेसम्म कायम सेयरधनीले साधारणसभा भाग लिन र लाभांश पाउनेछन् ।
बैंकले गत आवको मुनाफाबाट सेयरधनीलाई १३% बोनस सेयर र ०.६८% नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । सो प्रस्ताव पारितका लागि बैंकले आगामी पुस ९ गते साधारणसभा बोलाएको छ । सभा बिहान ११ः१५ बजेदेखि कम्पनीको केन्द्रीय कार्यालय डिल्ली बजारमा शुरु हुनेछ ।
साथै सभाले बैंकसँग अन्य कुनै पनि बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धी उपयुक्त प्रस्ताव आएमा सो कार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गर्नेलगायतका आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK