काठमाडौं । लुम्बिनी विकास बैंकको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा र लाभांश वितरण प्रयोजनको लागि मंसिर २७ गते बुक क्लोज गरेसँगै मंसिर २६ गतेसम्म कायम सेयरधनीले साधारणसभा भाग लिन र लाभांश पाउनेछन् ।
बैंकले गत आवको मुनाफाबाट सेयरधनीलाई १३% बोनस सेयर र ०.६८% नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । सो प्रस्ताव पारितका लागि बैंकले आगामी पुस ९ गते साधारणसभा बोलाएको छ । सभा बिहान ११ः१५ बजेदेखि कम्पनीको केन्द्रीय कार्यालय डिल्ली बजारमा शुरु हुनेछ ।
साथै सभाले बैंकसँग अन्य कुनै पनि बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धी उपयुक्त प्रस्ताव आएमा सो कार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गर्नेलगायतका आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्