×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महिला लघुवित्त वित्तीय संस्थाको ४७.५० प्रतिशत सेयरमा मूल्य समायोजन, अबको भाउ कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

महिला लघुवित्त वित्तीय संस्थाको ४७.५० प्रतिशत सेयरमा मूल्य समायोजन, अबको भाउ कति ?

Artha Sarokar

१६ मंसिर २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको ४७.५० प्रतिशत बोनस सेयरपछिको मूल्यमा समायोजन गरेको हो । बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले ३६ सय ५८ रुपैयाँ ९८ पैसा निर्धारण गरेको छ । सभा प्रयोजनका लागि यसले मंसिर १६ गते बिहीबार बुक क्लोज गरेको छ । संस्थाले गत वर्षको नाफाबाट ४७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि २.५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

महिला लघुवित्तले मंसिर २२ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा हिमालय दृष्य रिसोर्ट धुलिखेल काभ्रेमा बिहान १०.३० बजेबाट सुरु हुनेछ । सभामा अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गरी सोही बमोजिम प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेण्डा पनि रहेको छ । यता अन्य कुनै वित्तीय संस्थालाई मर्ज वा एक्वायर गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी